अनिल तामाङको ‘धेरै रोए’ म्युजिक भिडियो सार्वजनिक

राजनीति समाचार

काठमाडौं । नयाँ पुस्ताका चर्चित गायक अनिल तामाङको ‘धेरै रोए’ बोलको मार्मिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौं सुन्ताथानका स्थायीवासी तामाङको ‘धेरै रोए’ बोलको म्युजिक भिडियो उनको आफ्नै युटुब च्यानबाट सार्वजनिक भएको हो ।

उक्त गीतमा प्रकाश लामाको शब्द संगती रहेको छ भने अनिल तामाङ आफ्नै स्वर सजिएको छ । महाराज थापाको म्युजिक एरेन्जमेन्टमा रहेको सो गीतमा अर्पन तामाङको मिक्सिङ मास्टरिङ्ग रहेको छ । आफ्नो जन्मथलो नेपाल भएका तामाङले कर्मथलो पोल्यण्डलाई बनाए तापनि नेपाली गीत÷संगीतलाई निरन्तर अगाडि बढाउने उहाँको भनाइ छ । तामाङ गीत÷संगीतसँगै समाजसेवामा पनि त्यत्तिकै चाख राख्ने व्यक्ति हुनुहुन्छ । उहाँ कसैलाई सहयोग गर्नुपरेको खण्डामा समाजसेवामार्फत आफ्नो दीलो ज्यान दिएर लागिपर्ने व्यक्तिमा गनिनुहुन्छ ।

विदेशमा रहेर पनि गीत–संगीत र समाजसेवामा चासो देखाउने तामाङ दर्शक–स्रोताको मन जित्न सफल भएको बताइन्छ । संगीतकार प्रकाश लामाको शब्द संगीत, अनिल तामाङको स्वर र अर्पन तामाङको मिक्सिङ मास्टरिङ्ग रहेको ‘धेरै रोएँ’ बोलको म्यजिक भिडियोले सांगीतिक बजार राम्रै तताउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *