मर्चेन्ट बैंकले गर्दै आएको अन्डरराइटिङ क्षमतामा वृद्वि

अर्थ/वाणिज्य समाचार

काठमाडौं । धितोपत्र सार्वजनिक निष्कासनका क्रममा मर्चेन्ट बैंकले गर्दै आएको अन्डरराइटिङ क्षमतामा वृद्वि भएको छ ।

नियामक नेपाल धितोपत्र बोर्डले बैंक तथा बीमा कम्पनीका सहायक कम्पनीमार्फत हुने अन्डरराइटिङको अधिकतम सीमा बढाइदिएको हो । हालसम्म यस्ता कम्पनीले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकम बराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था थियो ।

अब भने माउ कम्पनीले दायित्व ब्यहोर्ने सुनिश्चितता गरेको खण्डमा माउ कम्पनीकै नेटवर्थ बराबरको अन्डरराइटिङ गर्न पाउने व्यवस्था गारिएको छ । बैंकिङ र बीमा क्षेत्रका माउ कम्पनी रहेका हकमा मात्रै यो व्यवस्था रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *