माओवादीमा जनार्दनको रमिता

राजनीति समाचार

काठमाडौं । गौरवशाली कम्युनिष्ट पार्टीको भ्रष्ट नेता भनेर जनार्दन शर्मा चर्चामा छन् । एनजीओलाई मुलुकको सुचना बेचर कम्युनिष्ट चलाएको आरोप पछिल्लो समय लाग्दै आएको छ । माओवादीलाई कमजोर बनाउने डा.बाबुराम र नेत्रविक्रमलाई ठूलो राजनीतिक आड चाहिएको छ । त्यसैकारण पनि अब कम्युनिष्ट नभएर समाजवाद भन्दै हिँडेका छन् । कम्युनिष्टका नाममा धेरै भ्रष्टाचार भएका छन् । कम्युनिष्टहरुले कम्युनिष्टको धर्म समेत राख्न सकेनन् ।

जनता ठग्नका लागि पछिल्लो समय कम्युनिष्ट नाम चर्चामा रह्यो । समाजवाद जोडेपछि डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द जोडिने भएका छन् । तर आफ्नो पद खोसिने डर नारायणकाजी श्रेष्ठ, वर्षमान पुनः, जनार्दन शर्मामा देखिएको छ । वर्षमान पुनले चन्दलाई स्वीकारेको अवस्थामा जनार्दन शर्माले भने स्वीकार्न सकेका छैनन् । शर्मा आफ्नो लगानीको अनलाइनबाट पार्टीभित्रको किचलोलाई सार्वजनिक गरिरहेका छन् । जनार्दन शर्मा, वर्षमान पुन, कृष्णबहादुर महरा, डा.बाबुराम भट्टराई माओवादीबाट अर्थमन्त्री भइसकेको नेताहरु हुन् । यी मध्ये जनार्दन शर्मा गलत कामका कारण सबैभन्दा बढी चर्चामा आए ।

माओवादीमा एकता गर्न डा.बाबुराम भट्टराई र नेत्रविक्रम चन्द बाध्य छन् । पार्टी ध्वस्त बनाउन यी दुई नेताहरुलाई भारत र युरोपेली युनियनले प्रयोग गरेको थियो । राजनीतिमा सादगी भएपनि व्यवहारमा विदेशी दूत बनेर नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउने यी नेताहरुले अहिले राजनीतिक साथ खोजिरहेका छन् । नेत्रविक्रम पार्टीमा प्रवेश गर्दा जनार्दन शर्मा, डा.बाबुराम आउँदा नारायणकाजीलाई पार्टीभित्र डर छ । यी नेताहरु भित्रिँदा आफ्नो पदीय हैसियत खस्किने हो कि भन्ने चिन्ता देखिन्छ ।

विचार र सिद्धान्ततः कम्युनिष्ट व्यवहार कुनै नेतामा पनि देखिँदैन । सम्पत्ति जोड्न तस्करी गर्न नछाड्ने कम्युनिष्ट नेताहरुबिच कुनै फरक छैन । भ्रष्टहरु च्यापेर पार्टीभित्र स्वार्थको खेती गर्ने धेरै छन् । कार्यकर्ताको चाहना र जनताको भावनाका विषयमा भ्रष्ट कम्युनिष्टहरुलाई कुनै ध्याउन्न छैन । स्वार्थमा लागेकाहरु पदका भोका हुन्छन् । यसको उदाहरणको रुपमा जनार्दन शर्मालाई नै लिन सकिन्छ, जसले सहकर्मी र सहपाठीविरुद्ध गलत प्रचार गर्ने काम गर्दैछन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *