किन तर्सिन्छ सरकार ?

राजनीति समाचार

काठमाडौं । गल्ती गर्ने तर्सिन्छ, यो सरकारले गल्ती धेरै गल्ती गर्दैछ । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको नौ महिना पुगिसकेको छ ।
ओलीको नेतृत्वले देशलाई केही दिन खोजेपनि राजनितिक दलहरुले गर्न दिएका छैनन् । सरकारले संसदीय अभ्यासभित्र के कस्तो काम गर्यो, त्यसको लेखाजोखा समाजले गर्छ । जनतालाई केही नदिने माफियालाई मौका दिने भएपछि हुने यस्तै हो ।

सरकार जनताका सेवक बनेको छ । तर, काठमाडौंका मेयर बालेन साहको र सरकार जुहारी चलिरहेको छ । इन्द्र चोकको सडक भत्काएको केस अदालतमा पुग्यो तर,सरकार हार्यो । अहिले फुटपाथ फराकिलो छ । गाडी पार्किङ गरेर खाने टोले गुण्डा हराए । धरानमा मेयरले पानीको प्रबन्ध गर्न आफै गिट्टी फुटाए, खानेपानीको मूल स्रोतबाट श्रमदानको सहायताले पानी ल्याए । त्यहाँ सरकारले हेरेन, मन्त्रीको धन्दा मेलम्चीमाथि प्रहार गर्ने भएको छ । प्रधानमन्त्रीका विश्वासीहरू कमाइरहेका छन् ।

कुलमान र तत्कालीन सरकारको उज्यालोसँग डराएको सरकारलाई सरकारी सम्पत्ति कब्जा गरी नक्कली सुकुम्बासी बनेर सहरमा घर भाडा बुझ्न जानेहरूको जमघटमा डोजर लिएर पुग्दा डोजरमा आगो लगाउने हिम्मतिलोको पक्षमा सरकार लागेको छ । त्यसैकारण सरकार डोजर उज्यालो नेपाल र रित्ता गाग्रीसँग डरायो । किनकि सरकारलाई उज्यालो नेपालका विरोधी एवं कांग्रेसी विश्वास प्राप्त मुकेश काफ्ले बढी मनपर्ने पात्र थिए ।

उनलाई प्राधिकरणमा भित्र्याउन आरजुको जोड थियो । तर मन्त्रालय कांग्रेसी भ्रष्टहरुले चलाएपनि प्रधानमन्त्रीको चाहना अनुसारको काम भएको छैन । किनकि यो सरकारका सकारात्मक काम छैनन् र जनताका समस्या सडक र सदनमा आउँदा सरकार डराउँने गर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *