घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको तेस्रो दिन पनि सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी भने २५ रुपैयाँ घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *