प्रभुको फुर्ती बेग्लै ?

राजनीति समाचार

काठमाडौं । आफ्नो शरीरको जुम्रा नदेख्ने अरुको शरीरको लिखा देख्ने नेता धेरै भएपछि देश भद्रगोल भएको छ । काशी तिवारी हत्यामा सहभागी प्रभु साह दल अदल बदल गर्न सफल छन् । माओवादीबाट एमालेमा गएका साहलाई एमालेले मधेश प्रदेशको जिम्मेवारी मात्र दिएर भएन, निर्वाचनमा सांसदको टिकट वितरण गर्ने अग्राधिकार पनि दिएको थियो । तर उनले नै पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेद्वार बनेर चुनाव जितेका थिए ।

अहिले साहले १७ वर्ष अगाडिको गौर हत्याकाण्डलाई नै उचाल्दै छन् । जुन घटनामा माओवादीका २७ जनाको हत्या भयो । मृतकहरु अधिकांश रौतहट बाहिरका थिए । मृतकका परिवारले प्रतिव्यक्ति सरकारबाट १० लाख लिए । तर सहिद घोषणा गर्न बाँकी थियो । त्यो बेला मधेश प्रदेशको इन्चार्ज प्रभु आफैं थिए । चुनावपछि आम जनता पार्टी गठन गरेका साह संघीय सांसदमा एक्लो हुन् । प्रभुको दाउ जसपाका उपेन्द्र यादवलाई जेल कोच्ने हो ।

कासी तिवारी काण्डको छानबिन गर्ने हो भने साह आँफै जेल जाने छन् । तिवारी हिन्दु स्वयंसेवक थिए । मधेसमा भएका विकृतिका विरुद्ध दलहरु सचेत छैनन् । जसपाका उपेन्द्र यादव लोसपाका राजेन्द्र महतो बारम्बार सरकारमा पुगे, तर मधेसको प्रमुख समस्या नागरिकता काण्ड कहिल्यै निवारण भएन मधेसमै बोक्सीको आरोपमा हरेक वर्ष ५÷७ जना बोक्सीको आरोपमा पिडा भोग्छन् । प्रहरीले गरिबको भलो गर्दैन । नेपाल प्रहरी जनताको सेवक भनिए पनि भक्षक बनेको प्रमाण छताछुल्ल भएकै छ ।

अशिक्षा हटाउने अन्धविश्वास हटाउने भ्रष्टाचार रोक्ने एजेण्डा मधेसवादीको मात्र होइन, माओवादीकै पनि छैन । प्रभु साहको आम जनता पार्टीको अवस्था राजनीतिमा भिजेको छैन । व्यक्तिगत टसलले मधेसी नेता भिडेका छन् । मधेसमा सरकार छ, त्यो सरकार विकृतिका विरुद्ध उत्रेको छैन । प्रभु साहले अहिले धम्की दिनु राज्यको कमजोरी हो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *