कर्मचारी र नेता चिल्लो गाडीमा, जनता सडकमा

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुको अक्षमताका कारण देश अहिले भद्रगोल अवस्थामा गुज्रिरहेको छ । राजनीतिक दलहरुले देश र जनताप्रति ध्यान दिएको देखिँदैन । चाडबाड नजिकिँदै छ । काठमाडौं उपत्यकाभित्र दिनप्रतिदिन नारा जुलुस चलिरहेको छ । कहिले शिक्षक आन्दालनले सडक तताउँछ । कहिले राहत शिक्षक कोटाले आन्दोलन चर्काउछन् त कहिले डाक्टरहरुले अस्पतालको सेवा नै बन्द गरेर सडक तताउँछन् । सर्वसाधारण जनता भने उपचार नपाएर सडकमा भौतारिँदै थिए ।

त्यस्तै यात्रुहरुले यातायातका साधन ठप्प हुँदा हैरानी खेप्नुपरेको थियो । अहिले आएर स्थानीय तहका कर्मचारीहरुले सडक तताइरहेका छन् । राज्यको तलबभक्ता खाने, सेवाग्राहीको काम नगर्ने, सधैभरिका स्थानीय कर्मचारीहरु काठमाडौं जम्मा हुने सडक तताउने गरिरहेका छन् । त्यसप्रति राजनीतिक दलहरुले कुनैपनि कदम चाल्न सकेका छैनन् । चाडबाडसँगै अधिकांश सर्वसाधारण जनता महंगिले रन्थनिएका छन् । महंगीकै कारण कतिपय जनताले दैनिक उपभोग्य सामग्रीसमेत किन्न सकिरहेका छैनन् ।

यी र यस्ता समस्याहरुलाई सरकारले ध्यान दिएको पाइँदैन । स्थानीय तहका कर्मचारी वर्गहरु काठमाडौंको सडक तताएर रमाइलो गरिरेहको छन् । स्थानीय तहका सेवाग्राही मारमा परेका छन् । त्यसप्रति राजनीतिक दलका नेताहरुले ध्यान दिएका पनि छैनन् नत सरकारले नै खबरदारी गरेको छ । उता सरकारले संघिय निजामति सेवा ऐन ल्याएर लागू गर्न सकेको छ । निजामति सेवा ऐन भाँड्ने काम कर्मचारी वर्गहरुले गरिरहेका छन् । विभिन्न राजनीतिक दलनिकट कर्मचारी संगठनका नेताहरु हावी भएका छन् । निजामति कर्मचारी ऐन ल्याउनलाई कर्मचरी नै बाधक बनेका छन् ।

कतिपय कर्मचारी नेताहरु निजामति ऐन भड्नलाई लागि परेका छन् । देशमा भ्रष्टाचार गरिराखेका छन् । कर्मचारी मोटाएका छन् । नेताहरु चिल्लो गाडीमा चढेका छन् । मिटिङ गोष्ठीको नाममा भक्ता असुलेकै छन् । जनताले दुःख पाएकै छन् । चाडबाड लागेसँगै स्थानीय तहका कर्मचारीले आन्दोलन गरिरहँदा अधिकांश सेवाग्राहीहरु मारमा परिरेहका छन् । स्थानीय तहका कर्मचारीहरुलाई उचाल्ने काम संघ सरकारका केहि कर्मचारी नेताहरु लागि परेका छन् । हिजोको दिनसम्म स्थानीय तहका कर्मचारीहरुले सडक आन्दोलन गरिरहेका छन् । तर कर्मचारीको वार्तामा निष्कर्षमा पुगेको अवस्था छैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *