कर्मचारी संचयकोषमा धितालको नजर

राजनीति समाचार

काठमाडौं । लाखौं सञ्चकर्ताको भविष्य जोडिएको र अर्बाै पूँजी रहेको कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक कानुनी र नीतिगत भ्रष्टाचारमा डामिएका छन् । कोषको प्रमुख प्रशासकको कुर्सीमा रहेका जितेन्द्र धितालले बिग मर्जरमा अवरोध गरेको,शेयर खरिदमा घोटला गरेको,कोषको सुन्धारामा रहेको १८ आना जग्गा मूल्य पूर्ववर्ति सरकारका उच्च पदस्थ,पुर्ननिर्माण प्राधिकरणका पदाधिकारीसँग मिलेर हिनामिना गरेको जस्ता गम्भीर आरोप लाग्न थालेको छ ।

यस्का अलवा धितालको गतिविधिले कोष र सञ्चयकर्तामाथि गम्भीर आघात पर्नुका साथै संस्था र आम सञ्चयकर्तालाई धराशायी बनाउँदै लगेका छन् । सञ्चयकोषका कर्मचारीहरुका अनुसार, प्रमुख प्रशासक जीतेन्द्र धितालले कोषको शेयर रहेको हिमालयन बैंकको बिग मर्जर प्रक्रिया, विभिन्न लगानी, असुली, शेयर तथा बण्ड खरिद बिक्री, कानुन र नियमको परिपालना तथा विभिन्न आन्तरिक प्रणाली सञ्चालन र नियन्त्रणमा शक्तिको आडमा प्रचलित मूल्य मान्यताको बर्खिलाप हुनेगरी काम गरेको हुन । केन्द्रीय बैंक र राज्यको नीति बमोजिम हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको बिग मर्जर प्रक्रियालाई कोषको आफ्नै नेतृत्वको निर्णय विपरीत गई मर्जरमा बाधा पु¥याई कोषलाई हानी नोक्सानी पु¥याउने काम गर्ने पनि धितालै हुन भन्छन्,बैंकका जानकारहरु ।

यस्का अलवा स्वास्थ्य वीमा योजना शुरु गरेर कोषलाई एक बर्षमा २८ करोड घाटा लगाएको आरोप प्रमुख प्रशासक धितालको थाप्लोमा लाग्ने गरेको छ । धितालले कुनै अध्ययन र विश्लेषण नगरी आधारहीन र हचुवाको भरमा राष्ट्रिय बीमा कम्पनी मार्फत २०७६ मा स्वास्थ्य बीमा योजना सञ्चालन गरेर एक वर्षमा कोषलाई करिब २८ करोड क्षति पु¥याएको र अहिले कोषले यही कार्यक्रम वार्षिक करिब १२ करोड रुपैयाँमात्र खर्चर गरिरहेको हुँदा यो अनियमिततामा धितालको संग्लनता रहेको कर्मचारीहरु बताउँछन् । कोषको लगानी रहेको काठमाडौँ सिभिल मल, भेगास सिटी, सिल्भर फाइबर गैँडाकोट, फूलबारी रिसोट पोखरा, विभिन्न बैंक, वित्तीय संस्थाको शेयर खरिद, बिक्री, वण्ड खरिद प्रक्रियामा व्यापक अनियमितता भएको छानबिन गरे भटिन्छ भन्छन् कर्मचारीहरु ।

यस्का अलवा निलवराही हाउजिङ्ग कम्पनीलाई ओभर भ्यालुयसेनको जग्गा खरिद गर्न रकम उपलव्ध गराई कोष प्रति नै बेइमान गरेका छन्,धितालले । बेतन हाइड्रो पावरका नाममा ५० करोड फसाइसकेपछि हाल अलपत्र पार्ने षडयन्त्र गर्ने पनि धितालै हुन भन्ने आरोप छ कोषकै एकाथरी कर्मचारीको । यस्तै कर्मचारीहरुलाई विदेश वा स्वदेशकै आन्तरिक भ्रमणमा निस्कदा आफ्नो समेत लगानी रहेका कम्पनीबाट विना प्रतिष्प्रर्धा टिकट देखि अन्य खर्च गर्दै आएको छन् ।

यसमा कोषका हाकिम धितालका बाबु जीवनाथ धितालको समेत मिलेमतो रहेको बताइन्छ । उता धितालले यस्का अलवा कर्मचारी पदपूर्तिमा गम्भीर चलखेल गरेको आरोप छ । विशेष गरी पदपूर्तिमा दरबन्दी नै लुकाउने काम गर्दै आएको भन्दै यस अघि कर्मचारीहरु सर्वाेच्चै पुगेका थिए । कर्मचारी संचय कोष कर्मचारी सेवा शर्त (एघारौँ संशोधन) नियमावली २०७५ बमोजिम कर्मचारी संचयकोषले २०७७ सालमा फाइल बढुवा, आन्तरिक बढुवासहित ७६ जना कर्मचारीको पदपूर्ति गरिएकोमा सोही विषयमा सर्वोच्च अदालतमा मुद्दा नै परेको थियो । कर्मचारी संचय कोषले हालसम्म उक्त पद खारेज नगरी बढुवा भएका त्यस बेलाका कर्मचारीहरू हालसम्म काम गरिरहेको, नयाँ विज्ञापनसमेत आह्वान गरी अदालतको फैसलाको अवहेलना गर्ने कर्ममा समेत मुछिएका छन् धितालले ।

त्यहाँका कर्मचारीका अनुसार, ०७८÷७९ र २०७९÷८० गरी दुईवटा आर्थिक वर्षलाई छुने गरी आफू बढुवामा पर्ने गरी आर्थिक २०७८÷७९ को असार अन्तिममा पदपूर्तिको विज्ञापन गरेको गरी बढुवाको मुखमा पुगेका सिनियर कर्मचारीलाई मर्कामा पारेका छन् । यता हाल ठगीको आरोपमा प्रहरीको चिसो सिढिमा रहेका इच्छाराज तामाङसँग समेत धितालको नेक्सस डरलाग्दो रहेको कर्मचारीहरुले तथ्य र प्रमाण पेश गरेका छन् । इच्छाराजलाई ठगी र कालोसूचीबाट जोगाउन धितालले साँठगाँठ गर्दै कर्मचारी सञ्चय कोषले प्रतिकित्ता ६५ रुपैयाँ बजार मूल्य रहेको सिभिल बैंकको ७७ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा खरिद गरी कोष र सञ्चयकर्तामाथि ठूलो आघात पु¥याउने कार्यमा वर्तमान प्रशासक जितेन्द्र धितालको मुख्य संलग्नता रहेको बताइन्छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *