कर्मचारी भाँडिँदा आधिकारिक ट्रेड युनियन कोमामा

राजनीति समाचार

काठमाडौं । निजामती कर्मचारीहरुको संगठन आधिकारिक ट्रेड युनियन यतिबेला कोमामा पुगेको छ । किन कि आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७६ जेठमै गर्नुपर्ने थियो । त्यतिबेला कोभिड १९ को कारण देखाएर स्थगित गरिएको थियो । त्यसयताको सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउनुपर्ने थियो । नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेपछि कर्मचारीहरु भाँडिएका थिए । कांग्रेसनिकट कर्मचारी संगठनहरुले अधिकारिक ट्रेड युनियनको चुनावप्रति ध्यानै दिएन ।

आधिकारिक ट्रेड युनियनमा वामपन्थीहरुको बाहुल्यता रहेको थियो । त्यतिबेला आधिकारिक ट्रेड युनियनका महासचिव थिए कांग्रेसका सुवोध देवकोटा । उनीको बढुवा भएपछि महासचिव पदबाट बाहिए । त्यसयताका सरकारले आधिकारिक ट्रेड युनियनको चुनाव गर्न सकेको छैन । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालको कार्यकाल २०७६ सालमै सकिएको थियो । उनको कार्यकाल सकिएपछि २०७६ सालको वैशाख, जेठमा निर्वाचन गर्ने भनिएको थियो । तर, २०७६ साल चैत ११ गते कोभिडको कारण लक डाउन भएपछि सो निर्वाचन रोकिएको थियो । त्यसपछि हुनुपर्ने निर्वाचन अहिलेसम्म भएको छैन ।

अध्यक्ष ढकालको पनि उमेर हदको कारण जागिरे अवधी सकिएपछि अहिले नेकपा एमाले निकट पेशागत महासंघका अध्यक्ष भएर बसेका छन् । कावा अध्यक्ष भोलानाथ पोखरेल अहिले बेपत्ता जस्तै छन् । त्यसकारणले पनि राजनीतिक दलनिकट कर्मचारी संगठनका नेताहरुले आधिकारिक ट्रेड युनियनको बारेमा आवाज नउठाउँदा र सरकारसँग समन्वय नगर्दा आधिकारिक ट्रेड युनियन कोमामा पुगेको बताइन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *