चौतारी र यूनियन औतारी बन्दै !

राजनीति समाचार

काठमाडौं । विधान मान्ने हो भने आगामी चैत २१ गते नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको चुनाव हुनुपर्छ । म अध्यक्ष भएँ मलाई खोई भन्दै चितवनबाट दाङ पुग्न ३ दिन लगाउने प्रेस युनियनका अध्यक्ष बद्नाम भएका छन् । युनियनका अर्का व्यक्ति शिव लम्साल र महासंघका उपाध्यक्ष रमेश विष्ट इन्तु न चिन्तु छन् । प्रेस चौतारीले ३ महिनासम्म गैरपत्रकारको सदस्यता स्वीकृत भएन भनेर काठमाडौं शाखामा लगाएको ताला खोल्यो ।

एमाले अध्यक्ष ओलीका सहयोगी गणेश बस्नेतको कार्यकाल र चौतारी महासंघका लागि औतारी बन्दैछ । जसले चौतारीले काठमाडौंबाट टिकट दिलाएको भन्दै शाखाको सचिव भएको भनेर विद्दापन माग्थे । यस्तै चुडामणि शर्माको नक्कली हस्ताक्षर चोरेर छापेको विज्ञापनको भुक्तानी दीपक अधिकारीले रोकेपछि आन्तरिक राजस्वमा छिर्ने बाटो बन्द छ । युनियनको सम्पत्ति र चौतारीको सम्पत्तिले महासंघको लोगो भजाएर लुट चलाएको अवस्थामा अब समाजवादी प्रेस र प्रेस सेन्टरका प्रतिनिधिको व्यवहार कस्तो होला ?

चुनावका बेला नेताले खेलाउने यस्ता सम्पत्तिमा महिला कोटामा कस्ता उम्मेद्वार होलान् ? २०७७ साल चैत २१ गतेको चुनावमा निर्वाचन आयुक्त बनेका ईश्वरी वाग्ले, आयुक्त रामहरि सिलवालले चौतारी र युनियन भित्रको पाटो राम्रोसँगै बुझेका थिए । उनीहरुले पार्षद शुल्क नतिर्ने पत्रकारको पनि चित्त बुझाए । अहिले चौतारी भर्सेस युनियन, सेन्टर, समाजवादी बन्न दिनुहुन्न । सेन्टर प्रेस चौतारी र प्रेस संगठनको मोर्चा बन्नुपर्छ भन्ने मत बढी छ । यो मतमा चौतारीका सम्पत्ति ठानिएकाहरु नेता नजिक बनेर चुनावमा आउन नदिने तयारी एमालेभित्र छ ।

आफु चुनाव जिते माओवादीको प्रचारव्यूरो हो भनेर प्रहरीमा उजुरी दिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम कांग्रेसका नारदमुनि गौतम (गोरखापत्र) ले दिएको पिडा स्मरण गरेका ईश्वरी वाग्ले प्रेस सेन्टरका सल्लाहकार छन् । नेताको चाकडी गरेर खाने क्रान्तिकारी धेरै भएको यो क्षेत्रप्रतिको प्रतिष्ठा अब छैन भन्दै तर्केका छन् । एमाले, कांग्रेसका दुई गौतमको पिडा सहेका तिनै वाग्ले बनेका छन् । चुनाव जिते हाम्रो एकता, एकजनाले चुनाव हारे घात भन्ने चौतारीको पुरानो चलन छ । त्यसले पत्रकारिता भन्दा चाकडीवाद मन पराउँछ । तामाकोशी सन्देश यस्ता संगठन र संस्थाको पक्षमा छैन । चौतारी, युनियन र सेन्टरले कस्ता उम्मेद्वार खोज्छन्, त्यो अब धेरै छैन ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *