सुनको पंहेलो रंग सित नलोभिने संसारमा कोही पनि छैन । अमेरिका जस्तो संसार कै शक्तिशाली मुलुक सित सुनको मौज्दात सबै भन्दा धेरै रहेकोछ । त्यसैगरी संसारका अन्य शक्तिशाली मुलुकहरु सित पनि सुनको मौज्दात धेरै छन । वैदिक सनातनी हिन्दूधर्म शास्त्र अनुसार पनि सुनलाई साक्षत लक्ष्मीनारायाणको रुप मानिन्छ । नेपालमा सुनको मौज्दात राख्ने र सुनको बजारमा बितरण गर्ने काम नेपाल राष्ट्र बैंकले गर्ने गरेकोछ । नेपालमा दलहरुले स्वतंत्र बजार अर्थतंत्र लागु गरेको भएता पनि सुनको व्यापार भने राज्य द्वारा नियंत्रित हुँदै आएकोछ ।
नेपालमा सत्यनारायणको पूजा गर्दा सुनलाई नै लक्ष्मिनरायण भगवानको प्रतिकको रुप मानेर पुजिन्छ । त्यस्तै नेपाली महिलाहरुले गहनाको रुपमा लगाउने गरेका छन जसलाई परिवारिक बचतको रुपमा पनि हेरिन्छ । सुनलाई तुरुन्तै नगदमा रुपान्तरण गर्न सकिने भएको हुँदा यसलाई नगदकै रुपमा पनि लिईन्छ । सुनको गहनालाई धितोको रुपमा राखी बैंकहरुले सहजै ऋण दिने गरेका छन् ।
यसरी सुन बहुउपयोगी धातु भएको छ जसलाई नगद सरह नै मान्ने चलन नेपालमा छ । चाडपर्व बिबाह ब्रत्तबन्ध सबैमा सुनको गहना लगाएर नेपाली महिलाहरु हिड्ने प्रचन नेपालमा बिद्यमान छ । नेपाली पुरुषहरुले पनि सामान्य रुपम सुनको औंठी र सिक्री लगाउने चलन छ । नेपालमा सुनको खानी नभएको होइन तर सुनको मात्रा अत्याधिक कम पाउने भएकाले त्यसको व्यापारिक उत्पादन सुन्य नै छ ।
नेपालमा सुन पाउने भएको हुनाले नदीको नाम सुनकोशी राखिएको छ भने ठाउँको नाउ पनि सुनखानी रहेको पनि छ । तर नेपालमा सुनको व्यापारिक उत्पादन नगण्य बराबर नै छ । अहिले जे जति मात्रामा सुनको तस्करी नेपालमा भईरहेको छ त्यो नेपालको बर्तमान आवश्यकता भन्दा धेरै गुणाले बढी भएको हुँदा सोसुन भारतमा तस्करी हुने गरेको कुरा जगजाहेर नै छ । नेपालमा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रयोग गरी सुन तस्करी भईरहेको छ ।
पोखरा र भैरहवामा बनेका अन्तर्राष्ट्रिय बिमानस्थलहरु अहिले सञ्चालनमा नआएको हुँदा सुन तस्करीको समस्या त्यता छैन । सुन तस्करी गर्ने गिरोहहरु हाललाई काठमान्डौमा मात्रै केन्द्रित भएर लागेका छन । राजनीतिक दलहरुका ठुला नेताहरु देखि लिएर भन्सारका निजामती कर्माचारीहरु समेतको मिलोमतोमा राज्यले गैरकानुनी मानेको सुनको तस्करीको धन्दा नेपालमा रोकिएला भन्दा निरन्तर बढेर गईरहेको छ । केही बर्ष पहिले एमालेको नेतृत्वमा बनेको नेपाल सरकारमा गृह्यमंत्री रहेको नेता वामदेव गौतम माथि नेपालमा सुन तस्करीको धन्दालाई बढवा दिएको आरोप लागेको थियो । त्यो कम्युनिष्ट दलले बनाएको नेपाल सरकार थियो भने हाल पनि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेतृत्व गरेको नेपाल सरकार सत्तामा बिद्यमान छ । माओवादी केन्द्र कै कम्युनिष्ट नेता गृह्यमंत्री छन । त्यसकारण सुन तस्करीको सवाललाई संयोग मात्रै मान्न नसकिने देखिन्छ । केही महिना अगाडि भएको सुन तस्करीमा माओवादी केन्द्रका ठुला नेताहरुको हात रहेको पुष्टी भईसकेको छ ।
नेपाली जनताले कम्युनिष्ट दलहरुलाई सुन तस्करहरु पनि भन्न थालेका छन । दलका नेताहरु केही भ्रष्ट छन, केही सुन तस्कर छन , केही मानव तस्कर छन भने बाँकी घर जग्गाका दलालहरु छन । नेपाली जनताको गाँस, बास र कपासको सवाललाई राजनीतिक मुद्दा बनाएर सत्तामा पुगेका दलका नेताहरुले गाँस, बास र कपासलाई आफ्नो दलाली पेशा बनाएको हुँदा नेपाली जनतालाई आबाद होइन बर्बाद तुल्याईदिएका छन । बिगतमा शामन्ती प्रथाबाट पीडित भएका नेपाली जनता अहिले दलहरुको राजमा पनि पीडित नै हुँदै आएका छन । निजी बैंकहरु, सहकारी संस्थाहरु, वित्त र लघुवित्त संस्थाहरुले नेपाली जनतालाई पीडित मात्र होइन सुकुम्बासी नै बनाउँदै लगेका छन ।
उता दलका नेताहरु भ्रष्टाचार, सुन तस्करी र मानव तस्करी गर्न तिर व्यस्त छन भने उहाँहरुकै संरक्षणम खोलेका र चलेका निजी बैंकहरु, सहकारीहरु वित्तिय र लघुवित्तिय संस्थाहरुले नेपाली जनताको घर दैलोमा पुगेर सेवा दिएको भन्दै गरिब नेपाली जनताको उठीबास लगाउने काम गर्दैछन । नेपालमा दलका नेताहरुको झोले बनेर लागेकाहरुको लागि मात्रै कानुनी राज छ तर पीडित नेपाली जनताको हकमा निसाफ पाउन फलामको चिउरा चपाए बराबर नै हुन्छ ।
आम नेपाली जनता मात्र होइन पढेलेखेका ईन्जिनियरहरु, डाक्टरहरु, वकिलहरु, शिक्षकहरु, पत्रकारहरु सबैको हालत उस्तै नै छन । ईमान्दारी पूर्वक मेहनत गरी कमाएर खान सक्ने वा पेट पाल्न सक्ने अवस्था नेपालमा बिद्यमान छैन । नेपालको दुरावस्था वत् से वत्तर हुँदै गएको छ । माओवादी केन्दको नेतृत्व बनेको नेपाल सरकारले नेपालको हालत बदल्छु भनेको थियो तर उक्त सरकार चलेको ९ महिना बित्दा पनि कुनै सुधारको संकेत देखिएको छैन । शीर्ष नेता प्रचण्ड स्वयमले नेपालको प्रधानमंत्री बने पछि सुशासन गरी देखाउने आश्वासन नेपाली जनतालाई दिनु भएको थियो तर त्यो चुनावी दोगला समान निस्केको छ ।
\दलका शीर्ष नेताहरु र मन, बचन र कर्मले समर्पित भएर नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा कुनै ठोश काम गरी देखाउन सकेका छैनन् । नेपाली जनता पहिले देखि नै दलहरुले फैलाएको भ्रन्तिको सिकार बन्दै आएकोमा अहिले पनि त्यस्तो अवस्थ कायम नै छ । सुन तस्करहरु, मानव तस्करहरु र घरजग्गाका दलहरुलाई कडा कार्बाही हुन्छकि भन्ने झिनो आश नेपाली जनताको मनमा पलाएको थियो अब त्यो पनि एमालेको उच्चस्तरिय जाँचबुझको नाटकले तुहाउने देखिएको हुँदा नेपाली जनतालाई झनै निरास तुल्याएको छ । एमालेले भनेको जस्तो उच्चस्तरिय जाँचबुझ समितिले केही पनि नाप्न नसक्ने तर दल भित्र लुकेका अपराधीहरुलाई जोगाउन सक्ने प्रयास गर्ने कुरा प्रष्ट नै छ ।
नेपाली जनताले राजतंत्र कालमा जस्तो शक्तिशाली शाही आयोग खोजेका छन जुन कुरा दलहरुले बनाएको जाँचबुझ समितिले गर्न सक्दैन । यसरी नेपाली जनताले निसाफ नपाउने भएपछि राजतंत्र र हिन्दूराष्ट्र बिरोधी दलका नेताहरु प्रति नेपाली जनताको अबिश्वास धेरै गुणाले बढेको छ । त्यहि भएको हुँदा नेपाली जनता नेपालको अवस्था बदल्नको लागि दलहरु नै बाँधक बनेको हुँदा राजनीतिक व्यवस्थलाई नै बदल्नु पर्छ भन्ने निष्कर्षमा पुगेकाछन । नेपालको आर्थिक हालत बिगार्नमा दलहरुले नेपालमा लागु गरेका नीतिहरु नै जिम्मेवार छन । उक्त नीतिहरु नबदले सम्म नेपालको आर्थिक हालतमा सुधार आउन सक्दैन ।
नेपालमा कुनै पनि व्यापारी वा व्याबसायी सफल बन्नको लागि दलका शीर्ष नेताहरु सित राम्रो सम्बन्ध बनाउनु नै पर्ने हुन्छ । यहाँ दलहरुले लागु गरेको स्वतंत्र बजार अर्थनीतिले काम गर्न सकेको छैन किनकि दलका शीर्ष नेताहरुले व्यापारीहरु र व्यवसायीहरु सित सिधै कनेक्सन कायम गरी उक्त सरकारी नीतिलाई प्रभावित तुल्याईदिएका छन । साथै नेपालमा कानुनी राज पनि नभएको हुँदा त्यसरी अन्यायमा परेका अन्य व्यापारीहरु र व्यवसायीहरुले उचित निसाफ पनि पाउन सकेका छैनन् ।
दलका नेताहरुको यस्तो अनुचित हर्कतहरुलाई रोक्न सक्ने निकाय नेपालमा कुनै पनि छैन । पहिले राजतंत्र हुँदा दलहरुलाई कानुनी चौघेरा भित्र बाँधिएर काम गर्नु पर्ने बाध्यता थियो तर अब दलका नेताहरुले आफैलाई कानुन भन्दा माथि राखेर राजा समानै बनेका छन । दलका शीर्ष नेताहरुलाई धर्मको ख्याल पटक्कै छैन त्यसैले पाप कर्म मथि अर्को पाप कर्म थप्दै अगाडि बढेका छन । भ्रष्टाचार, सुन तस्करी र मानव तस्करी त्यसैको परिणाम हो ।
वैदिक सनातनी हिन्दूधर्मलाई हटाउनु दलहरुको ठुलो पाप कर्म हो भने नेपालमा इसाई धर्मलाई बढवा दिनु महापाप हो । दलका नेताहरुले त्यस्तो पाप गरीसकेको हुँदा अब सुनपानी मात्रै छरी चोखिन सक्दैन । नेपाल राष्ट्रको इतिहास, धर्म, संस्कृति र संस्कारलाई मेटाउन खोज्ने दलहरु आफै मेटिने दिन अब टाढा छैन । कुईन्टलका कुईन्टल सुन तस्करी गरी नेपालमा ल्याउनेहरुलाई नेपाली जनताले आफ्नो नेता मानेर बस्ने दिन अब गयो । त्यस्ता अपराधीहरु दलका शीर्ष नेता नै भएपनि कानुनको कठघरामा उभिएर मात्रै चोखिन सक्छन तर कुइन्टल का कुईन्टल सुनले कहिले पनि चोखिन सक्दैनन् ।
दलका नेताहरुको मनमा यो कुराको हेक्का भए सुन तस्करी जस्तो कानुन द्वारा बर्जित अपराधमा संलग्न भईराख्नु जरुरी छैन । मन, बचन र कर्मले नेपाली जनताको गाँस, बास र कपासमा ध्यान केन्द्रित गर्नु पर्ने कम्युमिष्ट दलहरुले सुन तस्करीमा ध्यान केन्द्रित गरेको प्रमाणित भएपछि नेपाली जनता आश्चर्यमा पर्दा दलहरुले नेपाली जनताको भरोषालाई गुमाएका छन । त्यसकारण नेपाली जनताको भरोषा अब पुरानो राजतंत्र र वैदिक सनातनी हिन्दूधर्म प्रति बढेर जानु अस्वाभिक मान्न सकिन्न ।