नक्कली लाइसेन्स छानबिनमा अख्तियारले आँखा चिम्लँदै

राजनीति समाचार

काठमाडौं । यातायात व्यवस्था विभागले नै नक्कली लाइसेन्स वितरण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न थालेको छ । के अख्तियार थालेको त्यो छानविनले यातायात व्यवस्था विभागमा हुने गरेका भ्रष्टाचार, विकृति विसंगतिहरुलाई सत्य तथ्य पत्ता लगाएर बाहिर ल्याउन सक्ला ? तर नेपालमा त्यो कुरा सम्भव हुँदैन । किन कि पछिल्लो समय नेपालका सरकारी कार्यालयहरु भ्रष्टाचारको दलदलमा फसिसकेका छन् ।

कतिपय ठूला आयोजना र योजनाहरुमा भएका भ्रष्टाचारको छानविनमा पनि अख्तियारले कारबाहीको सट्टा चोख्याउने काम गर्दै आएको छ । ठूला–ठूला भ्रष्टाचारका काण्ड मच्चाउने राजनीतिक दलका नेता, मन्त्री र उच्च तहका कर्मचारीहरुले गरेको भ्रष्टाचार सम्बन्धी छानविनमा पनि अख्तियारले चोख्याउने काम गर्दै आएको छ । यतिबेला यातायात व्यवस्था विभागबाट वितरण गरिएको नक्कली लाइसेन्सको विषयले चर्चा पाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेता, उच्च तहका कर्मचारीहरुका छोराछोरी र आफन्तलाई विदेश जानको लागि यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बनाइदिने गर्दै आएको थियो ।

विभागले माथि उल्लेखित व्यक्तिहरुले यातायात व्यवस्था विभागका महानिर्देशकलाई फोन गरी अथवा निवेदन दिएपछि विभागले उनीहरुलाई नक्कली लाइसेन्स बनाइदिने गरेको थियो । लाइसेन्स उपलब्ध गराएबापत सेवाग्राहीले विभागका कर्मचारी र विचौलियालाई मोटो रकम कुनै जिन्सी नजराना टक्र्याउने गरेका थिए । नेपालमा तीन तहको सरकार स्थापना भएपछि प्रदेश र संघमा यातायात व्यवस्था विभागको कार्यालय राखिएको थियो ।

अधिकांश प्रदेशस्तरीय यातायात कार्यालयका कर्मचारीहरुले पनि नक्कली लाइसेन्स वितरण गर्दै आएका थिए । कर्मचारी र विचौलियाहरुले अञ्चलीकरण, नेपालीकरण र विदेशीकरण गर्ने जस्ता काममा पनि नक्कली काम गर्दै आएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने यातायात कार्यालयहरुमा घुमीघुमी बस्ने कर्मचारीहरुको ताँती नै छ । यातायात व्यवस्था विभागमा कार्यरत कर्मचारीहरु कहिले प्रदेशस्तरीय यातायात कार्यालयतिर पुग्छन् कहिले संघीय यातायात कार्यालयतिर आइपुग्छन् । संघीय यातायात कार्यालय एकान्तकुना, भक्तपुर, ग्रुर्जु धारा, ठूलो भ¥याङ, दक्षिण ढोककालगायतका ठाउँमा चाहार्ने कर्मचारीहरु पनि थुप्रै छन् ।

यसरी घुमीघुमी यातायात विभागका कार्यालय बस्न रुचाउने कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने हो भने कहाली लाग्दो अवस्था देखिन्छ । उदाहरणको लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा कार्यरत राजकुमार कपालीलाई लिन सकिन्छ । कपाली प्रदेशस्तरी यातायात कार्यालय हुँदै उपत्यकाभित्रका विभिन्न शाखाहरुबाट एकान्तकुनाको हाकिम भएर बस्न सफल भएका छन् । उनी यातायात कार्यालयमा कार्यरत रहेको १० वर्षभन्दा बढी भइसकेको छ । यातायातमा यस्ता कर्मचारी त कति छन् कति ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *