कांग्रेसका भ्रष्टहरु हिन्दुत्वको पक्षमा

राजनीति समाचार

काठमाडौं । कांग्रेस महासमिति बैठकमा यसपटक पनि बौद्धिक सनातन हिन्दू महाअभियानको जालो फैलाउँदै भ्रष्टाचारका खम्बा स्व.खुमबहादुर खड्काको एजेण्डा प्रस्तुत गर्न सांसद शंकर भण्डारी सक्रिय छन् । यिनै भण्डारी पार्टीको तेह्रौं महाधिवेशनपछिको महासमितिमा ७३७ जनाको हस्ताक्षर गरी सभापति समक्ष पेश गरेको प्रस्तावले छलफलमा प्रवेश पाउने भएको छ ।

यसपटक धार्मिक विश्वास र आस्थाले होइन जनताको भोट तान्न डा.शेखर, डा.शशांकसम्मले आफ्नो एजेण्डामा साथ दिने विश्वास सांसद भण्डारीको छ । उनलाई सघाउने पात्र भने विगतमा भ्रष्टाचार काण्डमा जेल परेका भ्रष्ट भनेर चिनिएका चिरञ्जिवी वाग्ले रातो पासपोर्ट बेचेर राजनीति ओझेलमा परेको रामचन्द्र अधिकारी सहकारी बोर्डमा बसेर तर मारेका दीपक प्रकाश बास्कोटाजस्ता पात्र छन् । यो टिममा पूर्व सभामुख दमननाथ ढुंगाना, शंकर पाण्डे, दामोदर गौतम र भरतराज पौडेल पनि छन् ।

कांग्रेस पार्टी भ्रष्टहरुको जननी हो । गोविन्दराज जोशी अदालतका कर्मचारीलाई घुस खुवाउँदै भ्रष्टाचारसम्बन्धी सर्वाेच्चमा परेको मुद्दा दबाउँदै विपी चिन्तन प्रतिष्ठानको नेता भएका थिए । स्व.खुमबहादुरको पछि लागेर त्रिचन्द्र कलेजमा आफ्नो बिएको जाँच दिन लगाउने शंकर भण्डारी हिन्दुवादी भएका छन् । एकपटक वनमन्त्री हुँदा चौधरी ग्रुपको जोजिन एण्ड टर्पेन्टाइन स्वीकृत गराउँदा ९ करोड झ्वाम पारेका शंकरले सचिवलाई काजमा पठाएर आफ्नो लुट सफल बनाएका थिए । तिनैलाई धर्मको चिन्ता छ । भारतको मोदी सरकारको टेको शिवसेना र भण्डारीको सम्बन्ध रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *