सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले फागुन ३० गते साधारण सभा मनाउँने

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३० औँ वार्षिक साधारणसभा फागुन ३० गते गर्ने भएको छ । उक्त वार्षिक साधारणसभा काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ। जसअनुसार कम्पनीले ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि फागुन ११ गते बुक क्लोज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *