खाँदबारीमा गठबन्धनबाट मेयर र एमालेका उपमेयर विजयी

राजनीति समाचार

संखुवासभा । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकामा गठबन्धनका उम्मेदवारले मेयर र नेकपा एमालेका उम्मेदवारले उपमेयरमा विजय हासिल गरेका छन् । मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया र उपमेयरमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएका हुन् ।

थपलियाले ७ हजार ३४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका जितबहादुर घिमिरेले ५५ सय ८९ मत प्राप्त गरेका छन् ।

उपमेयर निर्वाचित बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याउँदै ५१ सय ४७ मत ल्याएका नेकपा (माओवादी केन्द्र)का दिव्यराज बराललाई हराएकी हुन् ।

२०७४ को निर्वाचनमा मेयर र उपमेयर नै नेकपा एमालेले जितेको थियो । खाँदबारीमा वडा १, ७, ८, ११ कांग्रेसले जितेको छ भने वडा २, ३, ४, ५, ९ र १० नेकपा एमाले जितेको छ । वडा नम्बर ६ मा माओवादीले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *