जिरीबाट उठेको स्वर : पर्यासाहित्यको नयाँ दिशा

राजनीति लेख

भोला खतिवडा

“प्रकृति, साहित्य र दिगो भविष्य”भन्नेसशक्तमूलनारासहितदोलखाकोपर्यटकीयनगरीजिरीमा सम्पन्न प्रथम बागमती पर्यासाहित्य महोत्सव २०८२ केवल एउटा सांस्कृतिक वा साहित्यिक जमघटमा सीमित रहेनस यसले नयाँ बहस, नवीन चेतना र साझा प्रतिबद्धताको आधार निर्माण गरेको छ। जलवायु परिवर्तनको विश्वव्यापी संकटले मानव सभ्यता र प्राकृतिक प्रणालीलाई एकसाथ चुनौती दिइरहेको वर्तमान सन्दर्भमा आयोजित यस महोत्सवले पर्या–साहित्यलाई प्राकृतिक स्रोत व्यवस्थापन र सामाजिक चेतनाको मूल प्रवाहमा ल्याउने स्पष्ट सन्देश दिएको छ।वागमतीका सवै जिल्लाबाट सहभागी भएको यस कार्यक्रम दोलखा जिल्लाको सुन्दर नगरी जिरीमा आयोजना भएको थियो ।

महोत्सवको अवधारणा
नेपाली साहित्यमा प्रकृतिको उपस्थिति नयाँ विषय होइन। वन, नदी, पहाड, ऋतुचक्र र ग्रामीण जीवनका चित्रहरू साहित्यका विविध विधामा अभिव्यक्त हुँदै आएका छन्। तर पर्यावरणीय संकट, जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, दिगो विकास र मानव–प्रकृति सम्बन्धका जटिल पक्षहरूलाई व्यवस्थित रूपमा साहित्यको मूलधारमा स्थापित गर्ने प्रयास भने अपेक्षाकृत कमजोर देखिन्छ। यही रिक्ततालाई सम्बोधन गर्ने उद्देश्यसहित २०८२ साल चैत्र २७ देखि २९ गतेसम्म यो महोत्सव आयोजना गरिएको थियो।

बागमती प्रदेश वन तथा वातावरण मन्त्रालय र जिरी नगरपालिकाको संयुक्त पहलमा, विभिन्न संघसंस्थाहरूको सहकार्यमा सम्पन्न यस महोत्सव आफैंमा एक चुनौतीपूर्ण र महत्त्वाकांक्षी प्रयास थियो। प्रदेशका १३ वटै जिल्लाबाट सर्जक, लेखक, वनकर्मी, पत्रकार, विद्यार्थी, सामुदायिक वन उपभोक्ता र स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिताले यसलाई समावेशी र बहुआयामिक बनायो। उल्लासमय वातावरणमा सम्पन्न यस कार्यक्रमले अपेक्षित उपलब्धिहरू हासिल गर्न सफल भएको देखिन्छ।

महोत्सवको पूर्वसन्ध्यामा आयोजित विद्यालयस्तरीय पर्या–कविता प्रतियोगिताले नयाँ पुस्तामा वातावरणीय चेतना र साहित्यिक अभिरुचि विकास गर्ने सन्देश दिएको छ। बालबालिकाको सिर्जनशीलतामार्फत प्रकृतिप्रतिको संवेदनशीलता अभिवृद्धि गर्नु दिगो भविष्य निर्माणको महत्वपूर्ण आधार हो भन्ने बुझाइ यस प्रयासमा स्पष्ट झल्किन्छ।

महोत्सवको प्रमुख पक्ष
महोत्सवका कार्यक्रमहरू विविध र आकर्षक रहे। गुराँस पार्कमा सर्जकहरूको अवलोकन भ्रमणले प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गराउँदै सिर्जनात्मक ऊर्जा अभिवृद्धि गर्ने अवसर प्रदान गर्‍यो। हाटडाँडाबाट सुरु भएको सांस्कृतिक झाँकीसहितको र्यालीले जिरी बजारलाई उत्सवमय बनायो, जसले स्थानीय समुदायको सहभागिता र अपनत्वलाई सुदृढ बनायो। बसपार्कमा सम्पन्न उद्घाटन समारोहमा वन तथा वातावरण मन्त्री भरतबहादुर केसी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने जिरी नगर प्रमुख मित्र जिरेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो।सञ्चालन डिभिजनल वन अधिकृत अनिल रेग्मीले गर्नु भएको थियो भने स्वागत मन्तव्य जिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमारी खत्रीले गर्नु भएको थियो । समारोहमा प्रदेश सांसद उर्मिला सुनुवार, वन तथा वातावरण मन्त्रालयका सचिव डा। केदार बरालले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । यस अवसरमा स्थानीय झाँकीहरू प्रस्तुत गरिएको थियो ।

छ वटा अन्तरसंवाद सत्रहरूले पर्या–साहित्यका विविध आयामहरूमा गहन बहसका ढोका खोले। जलवायु परिवर्तन, सामुदायिक वन व्यवस्थापन, स्थानीय ज्ञान प्रणाली, दिगो पर्यटन र साहित्यिक अभिव्यक्तिका अन्तरसम्बन्धबारे भएका छलफलहरूले सहभागीहरूलाई नयाँ दृष्टिकोण प्रदान गरे। गजल साँझ, कविता वाचन र काव्य उत्सवजस्ता कार्यक्रमहरूले महोत्सवलाई भावनात्मक र सिर्जनात्मक उचाइ प्रदान गरे। विशेषगरी प्रख्यात कवि कुमार नगरकोटीको काव्य प्रस्तुति दर्शकका लागि स्मरणीय बन्यो।साँस्कृतिक कार्यक्रम अर्को महत्वपूर्ण पक्ष भएको थियो ।

जिरी घोषणा
यस महोत्सवको सबैभन्दा महत्वपूर्ण उपलब्धि “जिरीघोषणा–पत्र”कोजारीहुनुहो।योघोषणा–पत्रलेपर्या–साहित्यलाईदीर्घकालीनरसंस्थागतरूपमाअगाडिबढाउनेमार्गदर्शकदस्तावेजकोरूपमाआफूलाईस्थापितगरेकोछ।यसलेपर्यावरणीयविषयवस्तुलाईसाहित्यकोमूलप्रवाहमाल्याउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ, जुन नेपाली साहित्यका लागि नयाँ दिशातर्फको महत्वपूर्ण संकेत हो।

घोषणा–पत्रले वातावरण र साहित्यबीचको अन्तरसम्बन्धलाई गहिराइमा बुझ्न अध्ययन, अनुसन्धान र दस्तावेजीकरणलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। यसले सिर्जनात्मक लेखनलाई मात्र होइन, ज्ञान–उत्पादन र बौद्धिक विमर्शलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने सन्देश दिन्छ। कुनै पनि आन्दोलन वा अभियान दीर्घकालीन बन्न ज्ञानको आधार अपरिहार्य हुन्छ भन्ने बुझाइ यसमा निहित छ।

त्यसैगरी, पर्या–केन्द्रित साहित्यिक संस्था र सरोकारवाला निकायहरूबीच सञ्जालीकरणमार्फत सहकार्य अभिवृद्धि गर्ने प्रतिबद्धताले यस अभियानलाई संस्थागत रूप दिने आधार तयार गरेको छ। एक्लो प्रयासले परिवर्तन सम्भव हुँदैनस सामूहिकता र सहकार्य नै यसको मूल शक्ति हो भन्ने यथार्थ यसमा प्रतिविम्बित हुन्छ।

शिक्षा क्षेत्रलाई लक्षित गर्दै शैक्षिक पाठ्यक्रममा पर्यावरणीय विषयवस्तुको समुचित समावेश गर्ने प्रतिबद्धता अझ दूरगामी महत्त्वको छ। यदि बाल्यकालदेखि नै विद्यार्थीहरूले प्रकृतिप्रति संवेदनशीलता, जिम्मेवारी र संरक्षणको भावना विकास गर्न सके भने भविष्यमा दिगो विकासको आधार स्वतः सुदृढ हुनेछ। यसले केवल ज्ञान हस्तान्तरण मात्र होइन, व्यवहार परिवर्तनतर्फ पनि मार्ग प्रशस्त गर्छ।

घोषणा–पत्रले सरकारका तीनै तहलाई पर्या–साहित्यलाई वार्षिक योजना तथा कार्यक्रमहरूमा समावेश गर्न आह्वान गरेको छ। यसले नीति तहमा समेत पर्या–साहित्यको स्थान सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँछ। साथै, भौतिक पूर्वाधार निर्माणदेखि दैनिक जीवनशैलीसम्म पर्यामैत्री अभ्यास अपनाउने सामूहिक प्रतिबद्धताले व्यक्तिगत व्यवहारदेखि सामाजिक संरचनासम्म रूपान्तरण आवश्यक रहेको सन्देश दिन्छ।

बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा महोत्सवलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यसलाई वार्षिक रूपमा आयोजना गर्ने घोषणा गर्नु यस अभियानलाई संस्थागत निरन्तरता दिने सकारात्मक संकेत हो। यसले पर्या–साहित्यलाई एकपटकको कार्यक्रम होइन, निरन्तर चलिरहने सामाजिक–सांस्कृतिक आन्दोलनका रूपमा विकास गर्ने सम्भावना बलियो बनाएको छ।

, जिरीमा उठेको यो स्वर केवल कागजी प्रतिबद्धतामा सीमित रहने हो वा व्यवहारमा रूपान्तरण हुने हो भन्ने कुरा अबको कार्यान्वयनमा निर्भर रहनेछ। तर यति भने निर्विवाद छ—यस महोत्सवले प्रकृति, साहित्य र दिगो भविष्यबीचको सम्बन्धलाई पुनः परिभाषित गर्ने दिशामा एउटा महत्वपूर्ण आधार तयार गरेको छ। जिरीले सुरु गरेको यो यात्रा अब राष्ट्रिय बहस र व्यवहारिक परिवर्तनतर्फ अघि बढ्नुपर्ने आवश्यकता अझै प्रष्ट भएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *