अनन्त गुरुङ
९२०८३ साल बैशाख२ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित०
बालेन सरकारको परिवर्तनको पाईलाहरु कहिले नमेटिने हुन जरुरी छ । दुई चार जनाको हुलले माईतीघर मण्डलामा केही समय नारा लगाउँदैमा त्यो बदलिने हुनुहुँदैन । दबाव समूहले मामुली दबाव दियोकी सरकारको पाईलाहरु लर्खराउन लाग्यो धर्मराउन लाग्यो भने सरकार अव टिक्दैन भनी जाने हुन्छ । आम नेपाली जनता र दलहरु भनेको वेग्लावेग्लै हुन ।
एउटा राजनीतिक दलले सत्तामा बसेको राजनीतिक दलको बिरोध गर्नुलाई स्वाभाविक नै मानिन्छ । राजनीतिमा लागेका नेपालीहरु बिभिन्न दलहरुमा विभक्त भएको हुँदा एक आपसमा कुरा मिल्दैन । पुराना दलहरु एक आपसमा झगडा गर्ने र एकले अर्काको खुट्टा तान्ने गर्दै आएका थिए । तर देश लुट्ने र नेपाली जनतालाई दुस्ख दिने कुरामा सबै पुराना दलहरूको एकमत थियो । सत्तामा भएका शीर्ष दलहरुको शीर्ष नेताहरुले बिदेशीले नेपालमा परियोजनाहरु दिलाई दिए बापत दिने कमिसनको रकमहरु दामासहीले बाँडेर नै खाने गर्दै आएका थिए ।
यसो गर्दा प्रतिपक्षी दलहरुको समेत मुखमा बुचो लाग्ने हुँदा कमिसन पचाउन सजिलो हुने गरेको थियो । पुरानो दलहरुले नेपाल राष्ट्रलाई समृद्ध बनाउनको लागि बिकास गर्छौ भने पनि वास्तविक धरातलमा अभ्यास गर्दा उल्टोपाल्टो गर्ने गरेका थिए । हिमाल पाहाडको टाकुराहरु र तराई मधेसको ढिस्कोहरुमा पुराना दलहरुको सरकारले बनाएका कंक्रिटका टावरहरुले यो दावीलाई प्रमाणित गरी नै रहेकाछन । पुरानो दलहरुको यस्तो नेपाल राष्ट्रको खर्च मात्रै बढाउने परियोजनाहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई झन झन गरिब बनाउँदै लगेको कुरा प्रष्ट नै छ ।
पुराना दलहरुले दाबी गरेको अनुसार राष्ट्रिय महत्वका परियोजनाहरु पनि हात्ती आयो हात्ती आयो फुस्सा भईरहेकाछन । नेपाल राष्ट्र र नेपाली जनतालाई सुको आम्दानी नदिने परियोजनाहरुलाई राष्ट्रिय महत्वका परियोजनाहरु भन्दै ऋण गरी गरी जुगाड गरेको लगानीलाई बालुवामा पानी खन्याएको झै गरी बर्बाद तुल्याएकाछन । लगानी बोर्ड ईत्यादि गलगाँड सरकारी बिकासे संस्थाहरु बनाएर नेपाल राष्ट्रको आयस्रोतहरुको दोहन गर्नु सम्म गरेकाछन ।
बिकास बोर्ड र बिकास समित जस्ता सरकारी संस्थाहरु बनाएर आफ्ना झोले दलाल राजनीतिक कार्यकर्ताहरुलाई जागिर खुवाउने काम पुराना दलका शीर्ष नेतहरुबाट बिगत देखि अहिले सम्म हुँदै आएकाछन । अब पनि त्यसरी नै नेपाल राष्ट्र चल्ने र नेपाली जनतालाई चलाउने हो भने नेपाली जनताले चाहेको परिवर्तन जेन जेडको बालेन सरकारले ल्याएको वा दिएको महसुस नेपाली जनतालाई कहिले पनि हुन पाउने छैन ।
जेन जेड बालकहरुको मास हत्या गरेको आरोपमा ओली र लेखकको टोलीलाई बालेन सरकारले पक्राउ गरी नेपाली जनतालाई केहि परिवर्तनको झल्को दिन खोजेको भएतापनि उहाँहरु सरकारी पाहुना झै आफ्नो स्वास्थ्य उपचार गरी आफ्नै घरमा फर्किन सफल भएकाछन । यसरी परिवर्तनको पाईलाहरु मेटिन दिने हो भने जेन जेडका बालकहरुले गरेको वलीदानी महत्वहिन हुन कुनै बेर लाग्ने छैन । बालेन सरकारको लागि यथास्थितिमा टिकाउ परिवर्तन ल्याउन ठुलो चुनौती भएपनि प्रयास गरेकाले नेपाली जनताको मनमा ठुलो उत्साह जगाएको भने छ । यो सरकारले केही न केही गर्छ भन्ने मानसिकताको बिकास भएकोछ । नेपालमा कायम रहेको कानुनी झमेलाहरु नेपाली जनताले राम्रै सित देखि भोगी सकेको हुँदा भ्रष्टाचारी पुराना दलका शीर्ष नेताहरुलाई तह लगाउन सानोतिनो प्रयासले मात्रै संभव हुँदैन । स्यालको सिकार गर्नको लागि बाघ मार्ने सर्जाम तयार गर्नु पर्छ भन्ने त बुढापाकाहरुको भनाई नै छ ।
नेपाली जनतालाई सुखी बनाउँछौ भन्दै पुरानो दलहरुले थालेका बिकास निर्माणका परियोजनाहरु कै कारण अहिले नेपाली जनता धेरै पीडित छन । राष्ट्रिय परिचयपत्र परियोजना र ईम्वोस्ड नंवर प्लेट फेर्ने परियोजना नेपाली जनतालाई दुस्ख दिनको लागि नै दलहरुले नेपालमा लागु गरेका थिए । उक्त परियोजनाहरु स्वीकृत गरेको बदलामा बिदेशीहरुबाट पुरानो दलहरुले धेरै मोटो कमिसन बिदेशी मुद्रामा खाएकाछन । पुराना दलहरुको शीर्ष नेताहरु त्यसरी मोटाएकाछन भने नेपाली जनता भने रात दिन लाईनमा लाग्नु पर्दा कुकुरले पनि नपाउने दुस्ख भोगेकाछन ।
सबै सरकारी सेवाहरु अनलाईनबाट दिएर पारदर्शी बनाउने प्रयास बालेन सरकारले गरेकोछ तर नेपालको सन्दर्भमा सबै कम्प्युटर हार्डवयर र सफ्टवयर बिदेशबाटै खरिद गर्नु पर्ने हुँदा कम्प्युटरमा आधारित सरकारी सेवाहरु प्रभावकारी हुन सकीरहेको छैन । यसले पनि नेपाल राष्ट्र र नेपाली जनताको परनिर्भरतालाई बढाउने भएको हुँदा नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानी र आत्मसम्मानमा आँच आईनै राखेको हुन्छ । साथै नेपाली जनताको व्याक्तिगत जीवन सित संबन्धिन तथ्याङ्क र सूचना बाहिरिनबाट रोक्न सकिने अवस्था नेपालमा अहिले प्रभावकारी रुपमा विद्यमान छैन ।
यो कम्प्युटर प्रविधिको फिल्डमा नेपाल राष्ट्र र नेपाली जनतालाई अझ पनि आलोकाँचो नै मान्नु पर्ने हुन्छ । उचित तयारी बिना नै जोरजबरजस्ति अनलाई सरकारी सेवा दिने परियोजना लागु गरेमा वा भएमा आखिरमा धेरै पीडित र दुखी आम नेपाली जनता नै हुनेछन । समुन्द्रमा पानीजहाज हिड्दा वरपर पानीको छालहरु धेरै फैलिए पनि पानीजहाज गईसकेपछि बिस्तारै छालहरु शान्त भएर पहिले कै अवस्थामा समुन्द्र फर्किन्छ । त्यसरी नै महाभ्रष्ट र महाअपराधी पुरानो दलहरुका शीर्ष नेताहरुलाई जबाफदेही बनाउन खोज्ने बालेन सरकारलई पनि छालको तरंगले हल्लाउने छ तर घोप्ट्याउन भने सक्ने छैन किनकि बालेन सरकारको पक्षमा नेपाली आम जनताबाट प्राप्त बिशाल जन सर्मथन छ । सित्तिमित्ति पुरानो दलहरुले बालेन सरकारको बाल पनि बाँगो बनाउन सक्ने छैन ।
सत्य र धर्मको बाटो छाडेर पाप र अपराधको बाटोमा लागेका पुराना दलहरु यति बेला सबै भन्दा कमजोर अवस्थामा भएको हुँदा बालेन सरकारको अगाडि कसै गरेपनि टिक्न सक्ने अवस्थामा छैन । बालेन सरकारले फु गर्दैमा भ्रष्टाचारी र अपराधी पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुको सातो नै जाने अवस्था नेपालमा यतिबेला कायम रहेकोछ ।कम्युनिष्टहरु स्थापित मान्यता र शिद्धानतहरु लतारेर पुँजीवादी नीति र शिद्धान्त अपनाउँदै आफु र आफ्नो परिवारको लागि अकुत कमाउने प्रयासमा लागेर पुरानो दलहरुका शीर्ष नेताहरु र अन्य नेताहरुले कमाउनु त कमाए तर पचाउन सक्ला जस्तो भने देखीरहेको छैन ।
बालेन सरकारले तिनीहरुलाई पचाउन दिने पनि छैन भन्ने बिश्वास नेपाली जनतालाई छ । पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुले दुबई, सिंहापुर, हङकङ, मलेशिया र स्वीटजरलैंडमा लुकाई राखेका बिदेशीले सलामीको रुपमा चढाएका कमिसनहरु सबैको खोजी गरी गरी गरिब नेपाल राष्ट्र र गरिब नेपाली जनतालाई न्याय दिन बालेन सरकारले कुनै पनि कसर बाँकी राख्ने छैन भन्ने बिश्वास नेपाली जनतालाई भईसकेकोछ । बालेन सरकारले कुनै पनि हालतमा नेपाल सरकारलाई निरास पार्ने काम गर्ने छैन भन्ने कुरा पक्कापक्की नै हो । आम नेपाली जनताको लागि त पेट भरिने गरी दाल भात खान कै लागि पनि धेरै मेहनत गर्नु पर्ने हुन्छ । चाड बाड मनाउने र भोज भत्तेर खानको लागि त आम नेपाली जनताले ऋणै गर्नु पर्ने हुन्छ ।
आम नेपाली जनताको आय आर्जनको स्रोतहरु सीमित भएको हुँदा हुने खाने पुरानो दलका शीर्ष नेताहरु र अन्य नेताहरुबाट पीडित छन र हुँदा मात्रै पेट भरी खान्छन । नेपाल भित्र नेपाली जनताको लागि रोजगारी नभएको हुँदा मेहनत गरी पसिना बगाएर कमाएर खाउँ भन्ने नेपाली युवाहरुको लागि वैदेशिक रोजगारीमा नगई सुखै छैन । नेपाल राष्ट्रको ९० प्रतिशत भन्दा बढी आय स्रोत वैदेशिक राजगारीबाटै हुने गरेकोछ । यसबाट के बुझ्नु पर्छ भने नेपाल राष्ट्र र नेपाली जनता वैदेशिक रोजगारी बिना अब टिक्न र बाँच्न संभव नै छैन ।
खाडीमा केही दिन शक्ति राष्ट्रहरुको सामान्य झडप हुँदा पनि नेपाल लगायत दक्षिण यशियाली मुलुकहरुमा खाना पकाउने ग्याँस, डिजल र पेट्रोलको हाहाकार मच्चीरहेको आवस्था छ । पुरानो दलहरुको अदुरदर्शी नेतृत्वले गर्दा खेरी नै नेपाल राष्ट्र र नेपाली जनता अहिलेको अवस्थामा पुगेका हुन । यस्तो अवस्थावाट सजिलै फर्किन सकिने उपाय पनि अहिले नेपाल सित छैन । बिस्तारै पुरानो दलहरुले लथालिङ र भताभुंग बनाएका सरकारी उद्योगहरुमा सरकारी लगानी गरी नेपालमा रोजगारी बढाउनु पर्ने हुन्छ ताकि कम तलव भएपनि आफ्नो राष्ट्रलाई सम्झेर बिदेशमा भासिएका नेपालीहरु एक पछि आर्को गरी नेपाल वापस आउनेछन । पुरानो दलहरुको गलत नीतिहरु कै कारण नेपाल राष्ट्र अहिले ठुलो आर्थिक विपत्तीको भुँमरीमा फँसेको हो ।
सरकारी उद्योगहरुमा सरकारी लगानी नगरी उद्योगहरु बन्द गर्दै लाने र मास्ने पुरानो दलहरुको काम कार्यबाहीहरु निन्दनीय र राष्ट्रघाती निस्केकाछन ।निजी क्षेत्रलाई उद्योगहरु चलाउने दिने पुरानो दलहरुको नीति बिना पीठोको ढिंडो ओडार्ने काम मात्रै हो । नाम मात्रको उद्योगी बनेर बिदेशी मुलका उद्योगीहरु नेपालमा अकुत नाफा कमाउन सकिने व्यापार गरी बसेकाछन । नेपालको कमजोर नीति, नियम र ऐन कानुनबाट लाभ उठाउँदै भ्रष्ट पुराना दलका नेताहरु र निजामती कार्मचारीहरुलाई बेलाबेलामा घुष खुवाएर व्यापारबाट चार दोव्वर कमाई गरी बसेकाछन ।
सरकारी जग्गा समेत बेचेर व्यापारीहरु र व्यवसायीहरुले नेपालमा अकुत कमाउन सक्नुको पछाडि पुरानो दलहरुले चलाएको कुशासन नै मुख्य रुपले जिम्मेवार छ । बालेन सरकारले पुराना दलहरुबाट भ्रष्टाचार गरेका वा गर्न सघाएका सबैलाई चाँडै जबाफदेही बनाएर नेपाली जनताको चहराईरहेको आलो घाउँमा मलम पट्टी गर्न गराउन कुनै कसर बाँकी राख्नु हुन्न । जसरी संसदमा हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई बालेनले आफ्नो खेमाम तान्न सफल भयो उसरी नै राजतंत्रवादीहरुलाई पनि आफ्नो पक्षमा तानेर वैदिक सनतनी हुन्दूधर्मलाई पहिले कै अवस्थामा फर्काउन सकेमा बालेनका प्रयासहरु सजिलै मेटिने छैन र ढंगामा कुदेर लेखेको बराबर नै त्यो स्थाई बन्ने छ ।

