काठमाडौं । बालेनलाई प्रधानमन्त्री नदिए मधेसमा आत्मदाहा गर्छु भन्ने डा. अमरेश सिंहले कांग्रेस सभापति गगन थापालाई चुनावमा पराजित गरेपछि मन्त्री पक्का भन्ने थियो । तर, उनलाई खोजेको मन्त्रालय नदिँदा मन्त्री पद स्वीकार्य भएन । जनताको काम गर्नेका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दमदार थियो । तर अमरेशलाई पचेन । मधेसका नाइके सिके राउतले नै उपेन्द्र यादव, राजेन्द्र महत्तो र महन्त ठाकुरलाई एक ठाउँमा ल्याउने प्रयास गर्दा मधेसीको छोरा देशको प्रधानमन्त्री बनेर मधेसीकै भावनामा खेलवाड गरेको निष्कर्ष निकालेका छन् ।
मनिष झालाई पार्टीको पदाधिकारी पद नदिएर बालेनका भूपदेवहरु बोक्न रवि लामिछाने वाध्य भए, त्यसले पनि ३२ सीटको मधेसमा ३० जना घण्टीबाट चुनाव जित्दा रास्वपाले ख्याल गर्न सकेन । ठेकेदारको खुट्टा भाँच्ने पूर्वाधार मन्त्री र आफ्नो अधिकार क्षेत्र ख्याल गर्न नसक्ने पर्यटन मन्त्रीको चालले नाक थुन्नुपर्ने अवस्था बनाएको छ । भारतसँग सीमा जोडिँदा तस्करले लिने फाइदामा राज्यका अंग जोडिने बदनाम मधेसीको प्रर्वत्ति पनि चर्को छ । रास्वपाभित्र मधेसीका लागि स्थान नहुँदा मनिष झाहरु तरंगित भएका छन् । डा. अमरेश सिंहको तरङ्गलाई चासो नदिए तापनि मनिषहरुमाथि अत्याचार किन भयो प्रश्न उठ्दै छ । उनी रास्वपाको संस्थापक नेता नै हुन् । तर, रास्वपाले झाको राजनीतिक इतिहासलाई चिन्न सकेन ।

