काठमाडौं । पार्टीमा शेरबहादुर देउवाको हैकम चल्दा कोशी प्रदेशमा कृष्ण सिटौला र डा. शेखर कोइरालाको समूहबीच प्रतिस्पर्धा चल्यो । बागमतीमा देउवा टमभित्र मुख्यमन्त्रीका लागि घम्साघम्सी भयो । पदका लागि सिटौलाका उद्धव थापा झापा र डा. शेखरका किशोर कार्की मोरङ्गका बीचमा लचेको प्रतिस्पर्धा मिलाउन केद्रमा द्वन्द्व हुन्थ्यो । तर, सुदुरपश्चिम र गण्डकीमा लडाईँ भएन ।
तर, आज सुदुर पश्चिमका कमल शाहा मात्र देउवा पक्षमा छन् । कोशी, बागमती र गण्डकीका पूर्वमुख्यमन्त्रीले देउवा गुट त्यागेर आधिकारिकता तोडेका थिए । यो निर्णयले देउवा पक्षका वकालत गर्नेहरु कमजोर हुने छन् । कांग्रेस, माओवादीबीचमा गठबन्धन भयो भने पनि देउवा समूह सांसदको रुपमा मात्र हुने छ । संसदीय दलको नेता भएपछि भिष्मराज आङदम्बेले विधानतः काम गर्दा कृष्ण सिटौलाको राष्ट्रिय सभा विपक्ष दलका नेताको पद खोसिँदा सभापति गगन थापामाथि पूर्वाग्रहीको आरोप लागेकै हो ।
कांग्रेसमा घुक्र्याउने र पद कब्जा गर्ने होडवाजी चलेको छ । देउवापक्षले पुरानै बाटो रोज्न थाल्दा विवाद हटेको छैन । सांसदहरु पनि देउवा गुटमा नहुने केन्द्री सदस्य १११ छौं भन्दै हिजोका विवादित झुन्डहरु बोकेर पार्टी चलायमान हुँदैन भन्ने बुझेका नेताहरु चारतारे झण्डा र रुखकै वरपर रहने अवस्था छ । संस्थापन जता छ त्यतै बहुमत पुग्छ भन्ने बुझेर नै ठूलो जमात विशेष महाधिवेशनको पक्षमा छन् । उनीहरु १५ औं महाधिवशेनको तयारीमा लागिपरेका छन् ।

