काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसामु निलम्बन फुकुवाको माग गर्दै निवेदन पेश गरेका छन् ।
सभामुखलाई निवेदन दिँदै आजदेखि शुरु हुने हिउँदे अधिवेशनको बैठकबाटै निलम्बन फुकुवाको लागि लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निवेदन कानूनमा समेत नभएको भन्दै शुक्रबार बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गर्दै सिंहदरबार पुगेका थिए ।
उनले कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेको र फौजदारी कसुरमा दोषी ठहर नभइसकेको भन्दै सांसद पदबाट निलम्बन गर्न नहुने आफ्नो तर्क राख्दा जवाफमा सभामुखले विद्यमान कानून, संसद् नियमावली र अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताएका थिए ।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो। त्यसको सूचना संसद सचिवालयले माघ ८ गते प्रकाशित गरेको थियो।