प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोधबीच अघि बढ्यो संसद बैठक

देश/विदेश राजनीति समाचार

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरुहुने बित्तिकै प्रतिपक्षी दल रास्वपाको अवरोधबीच सभामुख देवराज घिमिरेले संसद बैठक अघि बढाएका छन् ।

बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटक–पटक सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दा उनिहरुले नमानेपछि बैठक अघि बढाएका हुन् । सभामुख घिमिरेले दलगत रुपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे । तर रास्वपा सांसदहरु यथास्थानमा उभिँदै आकस्मिक समयमा बोल्नुपर्ने कुरा रहेको भन्दै समय माग गरिरहेका थिए ।

जवाफमा एउटै कुरालाई राख्दा बैठकमा आकस्मिक समय नराख्ने निर्देशन सहित सभामुख घिमिरेले यसैबीच कार्यव्यवस्था समितिको बैठकमा पनि यसबारे जानकारी नगराएको भन्दै आपत्ति  जनाउँदै विभिन्न नियमावली पनि पढेर सुनाए । विरोधका बाबजुद बैठक अघि बढाएपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । आजको कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट आएका पत्रहरू सदनलाई जानकारी गराउने, प्रधानमन्त्री केपी शर्मा ओली लगायत दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *