काठमाडौं । सरकारले कर्मचारीहरुलाई राम्रो सेवा सुविधा दिए तापनि कतिपय कर्मचारीहरु सेवासुविधा नपुगेर भ्रष्टाचार गर्नमा लिप्त हुने गरेका छन् । भ्रष्टाचारमा मत्रै लिप्त हुने गरेका छैनन् उनीहरु विदेश घुम्ने रहरले मन्त्रालयमा बस्ने गर्छन् । मन्त्रालयमा बस्न नपाए आम्दानी हुने अड्डातिर धाउने गर्दछन् ।
एकातिर कर्मचारीको यो अवस्था छ भने अर्काेतिर सरकार छ÷छ महिनामा फेरिने कारणले मन्त्रीहरुले आफ्नो सचिवालयमा राख्ने कर्मचारी र नेपाल सरकारका कर्मचारीबीचको समन्वयकारी भूमिका नहुँदा सरुवा बढुवासँगै राजनीतिक नियुक्तिमा ठुलो धनराशी खर्च हुने गरेको छ । एकातिर कर्मचारीहरुले भ्रष्टाचार गर्ने अर्काेतिर मन्त्रीका सचिवालयका कर्मचारीले कमाउ धन्दा चलाउने कारणले देशमा सुशासन भन्दा पनि विकृति र विसंगतिको चाङहरु फैलिँदै गएको छ । कांग्रेस एमाले गठबन्धनबाट बनेका मन्त्रीहरुले आफ्नो सचिवालयमा कर्मचारी राखिएका कर्मचारीहरुले मिसन चौरासीको चुनावी खर्च जुटाउने प्रसार गरिरहेका छन् ।
कांग्रेस र एमालेले सम्हालेका मन्त्रालयमा विकासको भन्दा पनि भ्रष्टाचार बढि भइरहेको छ । मन्त्रीहरुको सचिवालयमा राखेका कर्मचारीहरुले हुने नहुने काम गर्न लगाएर आर्थिक फाइदा लिइरहेका छन् । सचिवालयमा बस्ने कर्मचारीहरुले गाडी, इन्धन,. टेलिफोन, र भत्ता जस्ता सुविधाको उपभोग गरिरहेका छन् । कर्मचारीहरुले मात्र उपभोग गरेका छैनन् । मन्त्री र मन्त्रीका स्वकिय सचिव, र पियहरुले पनि सरकारी सेवा सुविधा उपभोग गरिरहेका छन् । देशमा तीन तहको सरकार सञ्चालनमा रहेको छ । संघ र प्रदेश मन्त्रालयहरुमा मन्त्रीका सचिवालयमा राखिएका कर्मचारी मन्त्रीका पिय र स्वकीय सचिवहरुले पनि सुविधा उपभोग गरिररहेका छन् । त्यसैगरी स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्ना सचिवालयमा राखिएका कर्मचारीहरुलाई सेवा सुविधा दिइरहेका छन् ।
यसले गर्दा राज्यको अर्बौ रुपियाँ हिनामिना भइरहेको छ । त्यसैकारणले मन्त्रीका सचिवालयमा राखिएका कर्मचारी खारेज गर्नुपर्ने आवाज सर्वत्र उठ्न थालेको छ । नउठोस् पनि किन ? मन्त्री, मन्त्रीका पिय, स्वकीय सचिव र मन्त्रीको सचिवालयमा बस्ने कर्मचारीहरुले कर्मचारी सरुवा बढुवादेखि ठुला–ठुला आयोजनाका ठेक्कापट्टाका काम समेत हाता पार्ने गरेका छन् । ठेक्कापट्टा हाता पारेसँगै आफ्ना नातागोता तथा आसेपासेलाई करार र ज्यालादारीमा जागिर खुवाउनुसाथै सेवा सुविधादिने चलनले पनि मन्त्रीहरुको सचिवालयमा राखिएका कर्मचारीहरु हटाउनु पर्ने आवाज चारेतिर उठ्न थालेको छ ।
राज्यका सम्पक्तिमा राजीनीतिक दलहरुले मात्र मस्ती गरेका छैनन् नेपाल सरकारका कर्मचारीहरुले पनि त्यतिकै सुविधा उपभोग गरिरहेका छन् । त्यसमा पनि पटक–पटक सरकार फेरिन्छ । मन्त्रीक्वाटरमा रङरोगन, सरसफाई र साजसज्जावटमा राज्यको अर्बौको खर्च हुने गरेको छ । मन्त्रीहरुको सरसफाई, कार्पेट, पर्दा, फर्निचर, स्टेसनरी, र टेलिफोन जस्ता सुविधामा राज्यको अर्बाे खर्च हुने गरेको छ । त्यसको नियन्त्रण गर्नको लागि राज्यका सम्बन्धित निकायले चासो देखाएको छैन ।