वन्यजन्तु,बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी बालबालिकालाई प्रशिक्षण

विविध समाचार

काठमाडौं । चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको छ ।

भरतपुर महानगरपालिकाको पटलहरामा शनिबार संरक्षण पाठशाला कार्यक्रम गरिएको हो । पाठशालामा वन्यजन्तुको जानकारी, बासस्थान, आहारा, जीवन र आनीबानीबारेमा बालबालिकालाई प्रशिक्षण दिइएको छ । बढ्दो प्रदूषणले गर्दा वन्यजन्तु, जलचर, नदीमाथि भइरहेको असरबारे सिकाइएको संरक्षणकर्मीले जनाएका छन् ।
नदी, सिमसार, ताल, नदीमा आश्रित चराहरूको अवस्था र संरक्षणबारे पनि पाठशालामा सिकाइएको छ । वन, नदी र जलाधार क्षेत्रमा प्लाष्टिकजन्य फोहरमैलाको कारणले सृजना गरेका नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनबारे सूचित गर्दै आएको

कार्यक्रममा विद्यार्थी तहका बालबालिकालाई सहभागी गराइएको थियो । सानो उमेर समूहदेखि संरक्षण सिकाइले जैविक विविधताको रक्षा, मानव वन्यजन्तुको सहअस्तित्वबारे बालबालिकालाई सकारात्मक र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *