सुनसरी र मोरङ जिल्लाभित्र पर्ने खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विविध समाचार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आईतबार बिहान सूचना जारी गर्दै वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना बढेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विभागले खोलाका किनारामा बसोबास गर्ने तथा तटीय क्षेत्रमा जानुपर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता र सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ । विशेषगरी आईतबार दिउँसोसम्म ती खोलामा पानीको बहाव बढ्दै जाने भएकाले खतराको सम्भावना बढेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *