काठमाडौं । उबेला ‘स्वर्ग र नर्कसँगै जाउँला’भन्दै भक्तपुरमा दहिचिउरा खाँदा सहयात्री वामपन्थी भन्दा कांग्रेस उचित भयो । आज पार्टीमा अल्पमत संसदमा छैन आफैले गरेको सम्झौता अनुसार बनेका प्रदेशस्तरका सरकारहरुमा विभाजन आउँदा ती हस्ताक्षरकर्तामा कस्तो भाव आउँदो हो । त्यसमा पनि कांग्रेसबाट शेरबहादुर देउवा एक्लिए, एमालेमा केपी ओलीको अवस्था नाजुक बन्दै छ । कांग्रेस र एमालेको त्यो लडाईँलाई मिलाउने सेतुको रुपमा नेकपा संगठित रुपमा लागिपरेको छ । तर, राजनीतिमा लाजघिन सबै पेचेकाहरु छन् । हिजोका शत्रु आज मित्र बन्छन्, मित्र शत्रु बनेका तर सम्बन्ध सधैं टुट्ने गरी होइन । देशको माग परिस्थिति र वाध्यता पनि त्यस्तै छ ।
संघीय सरकारमा रास्वपा जब्वर छ भन्दैमा देशका कुनै पनि कानुन फेरबदल गर्न सक्ने अवस्था छैन । प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचमा द्वन्द्व चर्कन सक्छ । त्यो स्थायी होइन । राष्ट्र र जनताको लागि राजनीति गर्नेले गुटगत स्वार्थमा केन्द्रित हुँदाको अवस्था कस्तो हुन्छ त्यो पुराना दलहरुले भोगेका छन् । २०७४ को वामपन्थी एकता भत्काउन रातारात भारतीय गुप्तचर ‘रअ’का निर्देशक प्राधानमन्त्री निवासमा भित्र्याएर चालिएको कदम नै थियो ।
आफै सबैतिर विज्ञ कहलिएको कमाल आज धमाधम पाक्दैछ । कलिमा अपराधको सजाए तुरुन्त भोग्न पाइन्छ भन्ने त देखियो । २०७४ को वाम एकता जसले भत्काएकाहरु मध्येका होनाहार नेतामा शंकर पोखरेल, ईश्वर पोखरेलहरुको लागि चुनाव जित्न र मन्त्री बन्नका लागि मात्र एकता चाहिएको हो कि देशको आवश्यकता महसुस भयो । वामशक्तिबीचको प्रदेश सरकार बन्ने परिपाटी व्यक्ति मुख्यमन्त्री र मन्त्री बन्नकै लागि केन्द्रित हुनुहुँदैन । नेतृत्वले समय, काल, परिस्थिति बुझ्नुपर्छ । जनता र राष्ट्रको सर्वोपरिता बुझ्नुपर्छ ।

