सेनाको स्वीकृतीमा धमाधम नियु्रिक्त

राजनीति समाचार

काठमाडौं । बोल्नका लागि बनेको थुतुनोले फेसबुके हल्ला चलाए जस्तो हुँदैन । देश बनाउन संसद जाने फूर्सद नपाएका प्रधानमन्त्री बालेन्द्र शाहले जनताको मतको कदर नगर्ने चरित्र प्रद्र्धशन गरेको कारण विस्तारै खुला हुन थालेका छन् । उमेर ८० वर्ष पुगेका महेश्वरमान श्रेष्ठलाई सत्ताको आडमा लुछेर करङ्ग मात्रको शरीर जस्तो वायुसेवा निगमको कर्मचारी बनाएको विषय विवादमै प¥यो । सरकारले त्रिविविको उपकुलपति पदमा डा. भोला थापालाई नियुक्ति ग¥यो । त्यहाँ पनि सर्टलिष्टका पहिलो, दोस्रो र तेस्रोसम्म परेनन् । थापा विवादित थिए । कागठमाडौं विश्वविद्यालयको कार्यकाल एमाले अध्यक्षलाई मनपरेको थिएन ।

यस पटक सेनाको स्वीकृतिमा त्यस्ताले नियुक्ति पाएका छन् । जुन नियुक्तिले प्रधानमन्त्री बालेन्द्र कहाँबाट सञ्चालित छन् भन्ने छर्लङ्ग देखाएको छ । संसदीय गरिमालाई लत्याएर जनतामाथि दोहन गर्न ‘गरिवको चमेली’ खोजिएको होइन । सरकार कस्तो छ भन्ने कुरा त्यसको कार्यशैलीले प्रमाणित गर्छ । अराजकता बालेनको पहिचान हो । जसले जनताका आवाज बन्द गर्न सञ्चार प्रतिष्ठानहरुलाई धम्क्यायो । त्यो प्रयास निरंकुश थियो । राज्यसत्ता नाङ्गियो, बालेन गुठीयारहरुको नाउ सार्वजनिक भयो ।

बारबरा फाउण्डेशन र अराजक समूहका कार्यकर्ता सुदन गुरुङ्गलाई सम्पत्तिको विवादमा चोख्याउने सिंहदरबार बालेर खरानीको टिका लगाउने टोली सत्तामा पुगेको सय दिनमै नाङ्गिँदा सैनिक मुख्यालयसमेत सतर्क हुन थालेको छ । मुख्यालयका नाइकेको व्रम्हलुटको छानविन नहुने, सर्वोच्चका भष्मासुरहरुको छानविन नहुने, आफ्नै सम्पत्तिको वैधतामाथि प्रश्न उठेको खराने समूहको मनपरीले देश कता पुग्दैछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *