‘गुड डे’ पिउनेपानीबाट सावधान !

शिक्षा/स्वास्थ समाचार

काठमाडांंै । उपत्यकावासीले खानेपानीको अभाव वर्षौंदेखि भोग्दै आएका थिए । मेलम्चीको पानी आए तापनि उपत्यकावासीले खानेपानीको अभाव अहिलेसम्म भोगिरहेका छन् । उपत्यकामा खानेपालीको समस्या दिनप्रतिदिन बढ्दै गएपछि निजी रुपमा विभिन्न नाममा खानेपानी कम्पनीहरु फास्टाएका छन् । यसरी मौकाको फाइदा उठाउने र निजी रुपमा सञ्चालित खानेपानी कम्पनीहरुले अस्वस्थ प्रतिस्पर्धा गर्दा अधिकांश उपभोक्ताहरु गुणस्तरहीन पानी खान वाध्य छन् ।

अधिकांश खानेपानी कम्पनीहरुले उपभोक्तालाई गुणस्तरहिन पानी खुवाइरहँदा पनि सम्बन्धित निकायले अनुगमन गरेर दुषित पानी कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । बजारमा विभिन्न नामका पानी कम्पनीहरु छ्यापछ्याप्ती सञ्चालन भइरहेका छन् । त्यसमा सबैभन्दा चर्चामा रहेको पानी कम्पनी हो ‘अक्वा हन्ड्रेड’ । खानेपानी बजारमा चर्चा कमाएको अक्वा हन्ड्रेडलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले केही वर्ष पहिला गुणस्तरयुक्त नभएको पानी विक्रीवितरण गरेको भनेर जरिवाना गरेको थियो ।

योलगायत थुप्रै निजी रुपमा सञ्चालित पानी कम्पनीहरु सञ्चालनमा छन् । ती पानी कम्पनीहरलाई अहिलेसम्म सम्बन्धित निकायले अनुगमन गरेर मापदण्ड अनुरुप खानयोग्य छ कि छैन भनेर वास्तविकता बाहिर ल्याएको पाइँदैन । पछिल्लो समय विभिन्न नाममा गुणस्तरहीन खानेपानी बजारमा आउने गरेका थुप्रै उदाहरणहरु छन् । त्यसै मेसोमा कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटार खहरे ठेगाना राखेर पानी उत्पादन गर्दै आएको ‘श्री कृष्ण बेवरेज प्रालि’ नामक कम्पनी सञ्चालन गरिएको छ । उक्त कम्पनीबाट उत्पादित पानी गुणस्तहिन भएको भन्दै कारबाहीको लागि उजुरीको ताँती लागेको छ ।

उक्त कम्पनीविरुद्ध राष्ट्रिय उपभोक्ता मञ्चले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौंमा उजुरीसमेत दर्ता गराएको छ । सो उजुरी पत्रमा भनिएको छ, ‘गुड डे ब्राण्डको शिलबन्दी पानीको बोतलमा अखाद्य पदार्थ फेला परेको छ ।’ यसरी खानेपानीजस्तो सम्वेदनशील विषयमा विभिन्न अखाद्य वस्तु सिमवट हुनुका साथै पानी प्रशोधनमासमेत फोहोर भएको बताइएको छ ।

प्रशोधनका लागि ल्याइने पानी पनि फोहोर र खानयोग्य नभएको भनाइ छ । ‘गुड डे’ ब्राण्डको पानीमा आरसीनी बढी मिसाएर बजारमा पठाइएकाले मानव स्वास्थ्यका लागि हानीकारण भएको बताइएको छ । यसरी आरसीनी बढी मिसावट गरेर पानी बजारमा विक्रीवितरण गर्ने गरेकाले अधिकांश उपभोक्ताले उक्त पानी खान योग्य नभएको गुनासो पोख्ने गरेका छन् । ‘गुड डे’ ब्राण्डको जार र मिनिरल गरी दुई थुरी पानी बजारमा विक्रीवितरण गरिने गरेको पाइन्छ । तर, ‘गुड डे’ ब्राण्डको पानीको जार र सानो मिनीरल वाटरको मूल्य पनि अन्य पानी कम्पनीहरुको भन्दा बढी भएको गुनासो छ ।

‘गुड डे’ ब्राण्डको पानी कम्पनीले एकातिर गुणस्तरहिन पानी विक्रीवितरण गर्दै आएको छ भने अर्कोतिर मूल्य पनि चर्को असुल्दै आएको उपभोक्ताको भनाइ छ । ‘गुड डे’ ब्राण्डको पानी कम्पनीले अन्य पानी कम्पनीहरुको भन्दा आफ्नो कम्पनीको पानी राम्रो र खानयोग्य छ भनेर प्रचार गरिरहेको भनाइ छ । उसले आफ्नो कम्पनीको पानी राम्रो मात्रै भनेको छैन अन्य पानी कम्पनीहरुको विरोधसमेत गर्ने गरेको छ । उक्त उद्योगले गुणस्तरहिन पानी उत्पादन तथा बिक्री बितरण गर्दै आएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाहीको लागि माग गरिएको समाचार स्रोतको भनाइ छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *