गोपीनाथ मैनाली, पूर्वसचिव
गोपीनाथ मैनाली नेपाल सरकारका पूर्वसचिव हुन् । स्वच्छ छविका मैनाली मैनाली सधैँ सार्वजनिक प्रशासन सुधारको क्षेत्रमा वकालत गरिरहेका हुन्छन् । सदाचारी कर्मचारी बनेमा मुलुक समृद्ध हुने उनको बुझाइ छ । एउटा असल कर्मचारीले नेतालाई पनि सही सुझाव दिन सक्नुपर्छ भन्ने मैनालीलाई लाग्छ । उनै मैनालीसँग विविध सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेकोे कुराकानीको अंश :
० सहकर्मीहरूले अवकाशअघि नै राजदूतदेखि संवैधानिक निकायतिर जागिर खाने मेसो मिलाउँदा तपाईंले त्यस्तो कला जान्नुभएन ?
मलाई आफ्नो विषयमा मैले यो पद चाहिन्छ यो पद मलाई दिनुहोस भन्दै हिडेको छैन् । मेरो नीतिले यस्तो दिदैन पनि । नियतिले पनि मलाई के गर्यो भन्दा मैले जुन क्षेत्रमा काम गर्न पाए त्यो मेरो क्षेत्र थिएन । हरेक ठाउँमा सिक्दै काम गर्दै र त्यो विषयलाई समृद्ध बनाउनुपर्ने चुनौतीहरू भोग्दै आएँ । मेरो क्षमतालाई राष्ट्रले जुन स्थानमा राखेर उपयोग गर्न चाहन्छ त्यो ठाउँमा उपयोग गरोस् । यदि राष्ट्रले त्यो गर्दैन भने माग्दै हिड्दिन । आवश्यक पनि छैन त्यो भन्दिन । राष्ट्रले नै जिम्मेवारी दिन्छ भने म इमान्दारितापूर्वक मैले योगदान गर्न सक्ने क्षेत्रमा म राम्रोसँग योगदान गर्छु। मेरो योगदानको क्षेत्र भनेको नीतिनिर्माण आर्थिक अनुशासनको कुराहरू वित्तीय प्रणाली सुझाव सुधारका कुराहरू लेखा परीक्षण सुधारका कुराहरू मेरो विज्ञताको क्षेत्र ती हुन्। मलाई यी ठाउँ चाहिन्छ भनेर माग्नु मेरो विवेकले दिँदैन। धाउन पनि दिँदैन स्वभावले पनि दिँदैन गर्दा पनि गर्दिन।
० सार्वजनिक सेवाबाट अवकाश पाएपछि फर्किएर हेर्दा कस्तो पाउनुभयो प्रशासनलाई ?
अधिकांश साथीहरू सेवबाट छोडेर गएपछि आफ्नै कार्यालय आफूले बसेको विभाग आफू रहेको मन्त्रालयको आलोचना गर्छन्। नकारात्मक दृष्टिकोणबाट हेर्छन्। ३८ ३९ वर्ष सेवामा लागे। त्यसमा लाग्दाखेरि सेवा राम्रो होस् भनेर लागे। आफूले छोडे पनि सोसेवामा अरु साथीहरु लागिरहनुभएको छ उहाँहरुलाई चित्त दुख्ने तरिकाले आलोचना गर्नु हुँदैन। बरु म सुझाव दिन चाहन्छु। निजामती सेवा पछिल्लो समय बिस्तारै बिस्तारै गिर्दै रहेको। विभिन्न समयमा कर्मचारीहरूको सरुवा गर्ने विकृति बढेको। सरुवा पनि एक क्षेत्रको ्यक्तिलाई अर्को क्षेत्रमा पु¥याउने विकृति बढेको छ। सुरक्षा प्रशासन बुझेको व्यक्तिलाई लेखा परीक्षणमा राख्ने। लेखा परीक्षण बुझेको व्यक्तिलाई गृह प्रशासनमा राख्ने। यस्तो विकृतिहरू बढेको छ पछिल्लो समय।
यी कारणले पहिलेको भन्दा निजामती प्रशासन अहिले गिरेको छ। जसको कारण बन्ने नीति कानुन र उसले गर्ने संवाद क्षमताहरु बिग्रेर गयो । दोस्रो भनेको प्रशासकहरू सौदाबाजीतिर लागे। मुख्य सचिवबाट सुरक्षा प्रशासनतिर जाने। मुख्य सचिवबाट राजदूततिर जाने सचिवबाट संवैधानिक आयोगमा जाने यसको कारणले गर्दा आउने पुस्ताको लागि नकारात्मक असर गरेको छ। यो एउटा नराम्रो प्रविधि देखेको छु। अर्को नकारात्मक पक्ष भनेको निजामती सेवामा व्यवसायिकता र सदाचारको स्थिति बिग्रेको छ। राजनीतिक तथष्ट हुनुपर्ने थियो पेशागत व्यावसायिकता हुनुपर्थ्यो र पदीय इमान्दारिता हुनुपर्थ्यो।
यी तीन कुराहरू अहिले गिरेर गएको छ। पहिलाको भन्दा गिरेर गएको छ। यो नगिरोस् भन्ने मेरो चाहना छ। मन्त्रीज्यूहरूले पनि बेलाबेलामा भनिराख्नु भएको छ यी कुराहरू भएन हामीलाई सपोर्ट भएन निजामती सेवा अथवा प्रशासन सेवाले सहयोग गरेन भन्ने अभिव्यक्ति पनि राजनीतिबाट आइरहेको छ। प्रशासनकै कारणले संघीयता असफलता भएको आरोप पनि रहेको छ। प्रशासनकै कारणबाट संघीयता लागू गर्न सकिएको छैन। यी कुराहरूबाट एकपटक चनाखो हुनुपर्छ व्यावसायिकता देखाउनुपर्छ इमान्दार हुनुपर्छ निष्ठामा रहनुपर्छ। निजामती सेवा भित्र राम्रा कर्मचारीहरू हुनुहुन्छ। उहाँहरुले कहिले पनि स्थान पाउनुभएन। निजामती सेवा अभिभावक विहीन बन्दैछ। अझै योग्यता प्रणाली अनुसार काम गर्ने राम्रो गर्नुपर्छ भनेर काम गर्ने असल नियत भएका कर्मचारीहरूको कहिँबाट पनि संरक्षण छैन। अभिभावकतो विहिन भएको छ मार्गदर्शन छैन उसलाई यी चार पाँच कुराहरू पहिलाभन्दा अहिले गिरेको देख्छु।
० एकपछि अर्को पूर्व सचिवविरुद्ध मुद्दा बोकेर अख्तियार विशेष अदालत धाइरहेको छ । यो केको संकेत हो ?
एउटा निर्णय गर्ने व्यक्तिलाई कारबाही नगर्ने प्रक्रियामा समावेश हुने व्यक्तिलाई मात्र कारबाही गर्ने प्रविधिको कारणले गर्दा निजामती प्रशासन को मनोबल गिरेको छ। निगरानी निकायहरू पनि अति सक्रियता भयो जसको कारणले गर्दा फेरि उहाँहरूलाई काम गर्न गाह्रो भएको छ। यो स्थिति साह्रै नराम्रो हो।
गल्ती गर्ने कर्मचारीले त सजाय भोग्नुपर्छ तर प्रक्रियामा समावेश हुने व्यक्तिलाई पनि म सुरक्षित छैन कि भन्ने सन्देश गएको छ। प्रक्रिया समावेशमा हुनेलाई कारबाही हुने र निर्णयकर्तालाई कारबाही नहुने अवस्थाको निरूपण हुनुपर्छ। सचिव सहसचिवहरूलाई अहिले धेरै अप्ठ्यारो रहेको छ । स्वयं कर्मचारी पनि दोषी रहेको छ। आफूले सचिव आफूले मुख्य सचिव आफूले डीजी आफूले आएको सदस्य पाउनको लागि गलत अभ्यास सौदाबाजी गर्ने अनुनय विनय गर्ने अथवा सो पद पाउनका लागि मलाई बनाइदिनुस्स्तो म तपाईँले भनेअनुसार चल्छु। यही कारणले गर्दाखेरि सहसचिव सचिव मुख्य सचिवहरूलाई गाह्रो परेको छ।एउटा कारण निगरानी निकाय र अभिभावकत्वविहीनको अवस्था को कारण अहिलेको अवस्था सिर्जना भएको जस्तो लाग्छ ।
० नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे जेल पुगे । नेशनल पेमेन्ट गेटवे प्रकरणमा मधु मरासिनीले हालै सफाइ पाए । यस्तै, टेरामेक्समा मुख्यसचिव आफैँ बयान दिन अख्तियार धाइरहेका छन् । ललिता निवास जग्गा प्रकरणमा सचिव कृष्ण राउत मुछिए । यी सबै घटनाक्रमको असरस्वरुप प्रशासकले कलम चोप्नै छाडे भनिँदै छ । किन यस्तो ?
अहिले काम गर्यो कुनै समय महालेखाले समाउला अख्तियारले समाउला राष्ट्रिय सतर्कता केन्द्रले समाउला भन्ने विषयवस्तुहरू उहाँहरूले बोध गरिरहनुभएको छ। विभिन्न घटनाक्रमहरूले पनि त्यसलाई पुष्टि गरेको छ। सोही कारण उहाँहरू कलम चोप्न डराइरहनुभएको छ। र अर्को कुरा मैले काम गरे भने गल्ती हुन्छ गल्ती भयो भने कसैले पनि संरक्षण गर्दैन गल्ती नगर्दा पनि बदनामी खेप्न पर्ने अवस्था रहेको छ। सोही कारणले गर्दाखेरि कर्मचारीहरूले काम गर्न छोडेका छन्। यस्तै कारणले गर्दाखेरि राम्रा व्यक्तिहरू निजामती सेवामा आउन सकेको छैनन्। भोलिका दिनमा राम्रा मान्छे अन्तै लिएर जान्छ ।
० लोकसेवाप्रतिको आकर्षण कस्तो पाउनु भएको छ ?
नेपाली बजारमा जब नै छैन। त्यस कारण युवाहरूको लोकसेवाप्रतिको आकर्षण बढ्दो छ। युवा भइसकेपछि युनिभर्सिटी पास हुन्छ। त्यसपछि मैले केही काम गर्नुपर्छ भन्ने सोच पलाउँछ। धेरै मानिस त्यसरी आइरहेका छन्। अरू भनेका मैले राष्ट्रसेवा पनि गर्नुपर्छ भन्ने सोचका साथ आइरहेका छन्। वृत्ति सेवा र राष्ट्र सेवालाई मैले साथसाथै माथि लैजानुपर्छ भन्ने दृष्टिकोणबाट आउनु भएको छ। अहिले हजारौं युवाहरू प्रतिस्पर्धात्मक परीक्षाबाट विभिन्न सरकारी सेवामा व्यापक तयारी गरेर आइरहनु भएको छ।
० त्यत्रो दुःख गरेर आएका युवाहरू सेवामा प्रवेश गरेपछि सन्तुष्ट भएको पाइँदैन। उनीहरू सरकारी सेवाबाट जीविको पार्जन नै गर्न गाह्रो छ भन्छन्, के यो साँचो हो?
निजामती सेवाले सार्वजनिक सेवाका कुनै पनि पदलाई पर्याप्त सेवा सुविधा छैनन्। तल, भत्ता, अन्य सुविधाहरू, विधाहरू, औषधि उपचारहरू, स्वास्थ्य सेवाका कुराहरू, बच्चाहरूलाई पढाउने कुराहरू पर्याप्त रूपमा उपलब्ध छैन। यसकारणले व्यक्तिलाई निजामती सेवामा आएर मैले राष्ट्र सेवा गर्छु, वृत्ति सेवा गर्छु, म धेरै माथि पुग्छु भन्ने दृष्टिकोण राख्न सक्ने अवस्था छैन।
० लोकसेवा आयोगले स्वच्छ छविका व्यक्ति पठाउँछ, तर सेवामा प्रवेश गरिसकेपछि उहाँहरूको मति भ्रष्ट भएको सुनिन्छ। यस्तो किन हुन्छु ?
त्यो स्थिति पहिला भन्दा झन् बढेर गएको छ। यसो हुनुको अर्थ नेपालको सार्वजनिक प्रशासन प्रणालीबद्ध छैन। तदर्थ रूपमा चलेको छ। आस्थामा विभाजित छ। नराम्रो गर्ने व्यक्तिलाई राजनीतिक र सामाजिक संरक्षण छ। त्यस कारण सार्वजनिक प्रशासनमा प्रवेश गरेको छोटो समयमा नै उसले ठूलो विलासिताको सपना देख्न थाल्छ। निजामती सेवा व्यापारी जस्तो विलासिता देखाउने वा राजनीतिक पदाधिकारी जस्तो अनुशासन हीन हुने होइन यो। राजनीति जस्तो यो अनुशासन हीन हुन पाउँदैन। व्यापारीको जस्तो ठूलो भाग खाने, मोज मजा गर्ने यसको त्यस्तो पनि होइन। यसले त आफ्नो समाजलाई सेवा दिएर, समाजको मियोको रूपमा रहेर माथि पु¥याउने हो।
अहिले नियामक संस्थाहरू, राजनीतिक संस्थाहरू, कार्यकारीहरू सबैले एउटा प्रणाली बनाउने भन्दा पनि यो प्रणाली त्यत्तिकै चल्छ भन्ने भाष्यको विकास गरेका छन्। २०४७÷०४८ सालबाट नेपालको कर्मचारीमा युनियनवादको सुरु भयो। त्यो समयदेखि कर्मचारीहरू आस्थामा विभाजित भए। आस्थामा विभाजित भइसकेपछि पेसा अवलम्बन गर्ने व्यक्तिहरू राजनीतिकृत भए। यसले केही नराम्रो सोच राख्ने कर्मचारी साथीहरूले सिस्टमलाई अरू बिगार्ने कामहरू गर्नुभयो। त्यो कामहरू गरिसकेपछि उहाँलाई दण्ड जरिवाना कम भयो वा भएन। त्यो हुँदा राम्रो काम गर्ने साथीहरूमा यसको लहरे असरहरू पर्दै गयो।
असर पर्दै गएपछि समग्र व्यतिथि नै प्रणाली हो कि भन्ने अवस्थामा अहिले पुगेको छ। यो स्थितिबाट हामी निराश हुनु हुँदैन। यो स्थिति सुधार गर्नुपर्छ। यो स्थिति सुधार गर्नका लागि अहिले सेवामा प्रवेश गर्नु भएको भाइबहिनीहरूलाई अभिमूखिकरण गर्नुपर्छ । जागिरको सुरुको दिनदेखि नै नैतिकताको कुरा सिकाउनुपर्छ। प्रणालीले अवसर नभई जिम्मेवारी दिएको हो भन्ने सिकाउने र स्वाभाविक रूपमा म सदाचारी, नैतिकवान् बन्नुपर्छ भन्ने भावनाको जागृत गराउनु पर्छ। त्यो भावनाको विकास गर्ने काम समाज, संस्था र सरकारको दायित्व हो । त्यसको निगरानीका लागि सञ्चार जस्तो संस्थाहरू पनि सक्रिय हुनुपर्छ ।
० कर्मचारी के हो र आचरण कस्तो हुनु पर्ने हो ?
कर्मको आचरण गर्ने व्यक्ति नै कर्मचारी हो। जनता र राज्यको बीचमा रहेर सेवा प्रवाह कर्मचारीले गर्नु पर्दछ । प्रत्येक पद र जिम्मेवारीको सार्वजनिक आचरण भएको कर्मचारी हुनु पर्दछ । कर्मचारीको आचरणमा शिष्टता, नैतिकता र सदाचारितासँगै समाज परिवर्तनका विषयलाई सम्बोधन गर्ने आत्म जिम्मेवारी हुनुपर्छ। कर्मचारी आफूप्रति आफैं जिम्मेवार हुनुपर्छ ।
० एउटा नागरिकले राज्यबाट पाउनु पर्ने सेवा छिटो र छरितो नपाउनुको कारण के हो ?
कर्मचारीले जुन आचरण पालना गर्नु पर्दथ्यो त्यो भएन। स्वयम् सेवाको भावना नै भएन। कर्मचारी र राजनीतिबीचमा ‘ग्याप’ देखियो। कर्मचारीलाई जहिले जसले र जसरी पनि चलाए हुन्छ भन्ने देखियो। कर्मचारीमा सरुवा, बढुवा र जिम्मेवारी दिने कुरामा सुधार गर्नुपर्छ। कर्मचारीमा इमान्दारिता र निष्ठा एवम् सेवकीय भावना भएन। त्यसले गर्दा बढुवा र पुरस्कृत नहुने देखिएन । कर्मचारमिा राम्रो काम नगर्दा नगर्दा पनि दण्ड नपाइने रहेछ भन्ने भयो । कर्मचारीमा जागिरे प्रवृत्ति पनि देखियो । यो सबैको घाटा जनतालाई भयो । कर्मचारीतन्त्र त्यसै आलोचित छ । त्यसको माध्यमबाट सरकार र राज्य प्रणाली पनि आलोचित भएको छ । राज्य प्रणालीमा विश्वासको प्रश्नसमेत उठेको छ ।
० प्रशासनमा कर्मचारी बस्ने तर काम नगर्ने वा सेवा प्रवाह नगर्ने रोग के हो त ?
राजनीतिले कर्मचारी तन्त्रलाई र सेवा प्रवाहलाई कसरी व्यवस्थित गर्ने भनेर भन्न सकेन। सरकार परिवर्तनको पहिचान नै कर्मचारी सरुवाबाट हुन्छ । जब एउटा कर्मचारीले एक ठाउँको बारेमा सबै खोजी गरेर बसेको हुन्छ । त्यसलाई एक्कासी सरुवा गरेर पठाउँदा नयाँ ठाउँमा त्यो समायोजन हुन नै समय लाग्छ । त्यसमा पनि सुधारको आवश्यकता छ । कर्मचारीले पनि आफ्नो बेलामा यो काम सिस्टमले गर्न दिएन भन्छन् । जीवनमा कुनै पनि व्यक्तिले जानै पर्ने भनेको मालपोत हो । त्यसले जनतालाई सेवा दिएन भनेर हामीले एउटा कार्यक्रम नै बनायौँ । सुधारको प्रक्रिया सुरु गर्यौ ।
० सरकारी सेवा लिन पैसा नखुवाई किन काम बन्दैन ?
सबै कर्मचारी नराम्रा छैनन् । यस्तो कुराहरू घटाउनु पर्दछ । हिजो पनि थियो आज बढ्यो भनेर भन्नु पर्दछ । गलत काम गर्नेलाई सजाय दिनुपर्छ । जो कर्मचारी पैसा खाने ठाउँमा जान चाहन्छन् उसलाई हौसला दिने काम गर्नु हुँदैन। उसलाई नियन्त्रण कसैले गर्न सकेको छैन । त्यसको लागि राजनीतिले सजाय तोक्न पर्टीले पनि ध्यान दिनु पर्दछ । राजनीतिमा पनि सुधारको खाँचो छ । कतिपय कर्मचारी प्रशासनलाई राजनीतिकरण गरेर मख्ख हुन्छन् ।
० किन सधैँ कर्मचारीतन्त्रमाथि नै प्रश्न उठाइन्छ ?
एउटा के भयो भने, राजनीति र प्रशासनको बोर्डर लाइन मिचियो । नीतिको निर्माण तथा नेतृत्व लिने कार्य राजनीतिले गर्ने र त्यसको कार्यान्वयन वा सेवा प्रवाह प्रशासनले गर्ने बोर्डर लाइन हुनुपर्छ । राजनीतिले कर्मचारीतन्त्रबाट सैद्धान्तिक वा आदर्श रूपमा चारवटा कुरा खोज्छ–इन्फर्मेसन (सूचना), एड्भाइस (सल्लाह), इम्प्लिमेन्टेसन (कार्यान्वयन) र अकाउन्टबिलिटी (जवाफदेहिता) । अर्थात् तिम्रो कार्यालय मातहतको सूचनाहरू मलाई देऊ, मैले नमागीकन देऊ । मागेका बेला निष्पक्ष सल्लाह देऊ । मैले गरेका निर्णय वा मैले बनाएका कानुन, नीति तथा कार्यक्रमहरूको छिटो कार्यान्वयन गर । यी कार्यान्वयनको पक्षमा जवाफदेही बन भन्ने हो । तर त्यसो हुन सकेको छैन ।