वैद्य र बिप्लब समूहका कार्यकर्ताद्वारा चन्दा आतंक

राजनीति समाचार

काठमाडांैं । यतिबेला आर्थिकमन्दीको कारण सरकारले विकास निर्माणको काम त गर्न सकेको छैन नै, उल्टै राजनीतिक दलका कार्यकर्ताहरुले पार्टी संगठनको नाममा सहयोग माग्ने र जीवीको पार्जन गर्ने काम गर्दै आएका छन् । सरकारमा सामेल राजनीतिक दलका कार्यकर्ताहरुले विभिन्न शीर्षकमा ठेक्काका कामहरु माग्ने र कमिसन खाने काम गर्दै आएका छन् । त्यति मात्रै होइन, आफ्ना परिवारका सदस्यहरुलाई जागिर खुवाउन पनि दिनप्रतिदिन मन्त्रालयमा धाउने गरेका छन् ।

यस्ता क्रियाकलापले उच्च पदस्थ कर्मचारीहरुलाई पनि हैरान बनाउने गरेका छन् । यी काम त सत्तासाझेदार दलका कार्यकर्ताहरुको भयो, अर्कोतिर सत्ता र संसदमा सामेल नभएका मोहन वैद्य र विप्लब समूहका कार्यकर्ताले विभिन्न आयोजना, योजना, सरकारी, गैरसरकारी संघसंस्था र उद्योगी व्यापारीहरुसँग पार्टीलाई सहयोग माग्ने नाममा चन्दा आतंक मच्चाउँदै आएका छन् । खासगरी यी समूहका कार्यकर्ताहरुले ठूला चाडपर्व र विभिन्न सिजनमा पार्टीको कार्यक्रम गर्ने भनेर चन्दा सहयोग असुल्ने गरेका छन् ।

यस्तो उठ्तीपुठ्ती धन्दामा नेपालका सबै राजनीतिक पार्टीका कार्यकर्ताहरु संलग्न हुने गरेका छन् । खाली उनीहरुले बार्गेनिङ गर्ने रकम मात्रै फरक हुन्छ काम भने सबै पार्टीका कार्यकर्ताहरुको एउटै हो । सत्तासाझेदार दलका कार्यकर्ताले धेरै माग्ने गर्दछन् र सत्तामा बाहिरकाले थोरैमा चित्त बुझाउने गर्दछन् ।

खासगरी पछिल्लो समय वैद्य समूह र विप्लब समूहका कार्यकर्ताहरुले भित्री रुपमा संघदेखि स्थानीय तहसम्मका सरकारी कर्मचारीदेखि व्यापार व्यवासयीहरुलाई सताउने गरेका छन् । राजनीतिक कार्यकर्ताहरुले पार्टी सहयोगको लागि चन्दा माग्ने गरेकाले कर्मचारीहरु पनि भ्रष्ट बन्दै गएका छन् । राजनीतिक पार्टीको नाममा विभिन्न समूहहरुले चन्दा आतंक मच्चाइरहँदा सरकारका सम्बन्धित निकाय मुकदर्शक बनेर बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *