गणपतिलाई छक्याउँदै तस्करी गर्दै

राजनीति समाचार

काठमाडौं । तस्करीको केन्द्र मानिएको पर्साको अलौ नाकामा ६ महिना बीओपी कमाण्डर भएर लुट मच्चाएका डिएसापी प्रदिप थापा केन्द्रमा तानिएका छन् । सीमा विभाग प्रमुख हुँदैमा एआईजी चन्द्रप्रकाश गौतमको निकट भएर काम गरेका थापाले पर्सा जिल्लाका गणपति कर्माचार्य हुन् वा मधेश प्रदेशका डिआईजी दिपेनद्र शाह, एसएसपी माधव पौडेल कसैलाई महत्व दिएनन् । प्रशासन प्रमुख सिपी गौतमले बुझाउने र भनेको मान्नेलाई बिओपी इन्चार्ज दिएका थिए ।

सांगठनिक रुपमै भएको निर्णय कार्यान्वयन गर्नु प्रशासन प्रमुख एआईजीको दायित्वमा पर्छ । तर एआईजी गौतमले त्यो महत्वलाई आफ्नो स्वार्थमा प्रयोग गरेका थिए । गौतम प्रशासनमा आएपछिका बिओपीहरु छाडा भएका छन् । सरकारले सीमा भन्सारमा राजस्वको लक्ष्य पुरा नभएको निष्कर्ष निकालेर सशस्त्रलाई झन् जिम्मेवारी थप्ने गरेको छ । त्रिभुवन विमानस्थलमा सशस्त्रले एक्सरे जाँचमा स्थान पाएको कारण शस्त्रले देखाएको सक्रियता नै हो । तर अहिले मधेश प्रदेश विवादमा छ ।

अलौ नाकाको सुरक्षामा नेपाल प्रहरी समेत बद्नाम भएको छ । गौतम डिआईजी छँदा छिन्नमस्ता गण महोत्तरीको कमाण्डमा तस्करी सञ्जाल चलेको थियो । कर छुट हुने प्याज आलु पक्रेर फोटो खिच्ने छोकडा, सुपारी, काजु, पिस्ता, मरिचजस्ता वस्तुमा तस्करीको लाइन खोलेर भ्रष्टाचार गरेकै कारण एआईजी भएर पुरानै झल्को मेटाउने काममा गौतम लागेका छन् । पर्साको अलौ नाकाका डिएसपी प्रदीप थापा हुन् । उनको ६ महिने कार्यकालमा तस्करहरुले राम्रो मौका पाएको कुरा गणपति कर्माचार्यसमेत जानकार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *