बेहुला बेहुलीले खरिद गरे जीवन बीमा पोलिसी

अर्थ/वाणिज्य समाचार

काठमाडौं । बर्दघाट नगरपालिका वडा नम्बर ४ नवलपरासी बस्ने बिनोद बस्याल र पैयूँ गाउँपालिका पर्वतकी मिना भुर्तेलले आफ्नो विवाहमा २०–२० लाख बीमाङ्कको रिलायबल सुलभ जीवन बीमालेख खरिद गरेका छन् ।

विवाह मण्डपमा वर बिनोद तथा बधु मिनालाई बीमा पोलिसी उपलब्ध गराउँदै आगामी दिन उज्ज्वल बनाउन र बचत गर्ने बानीको विकास गराउने उद्देश्यसहित बीमालेख हस्तान्तरण गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेश उप–प्रमुख ईश्वर पाण्डेले जानकारी दिए ।

बीमालेख हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ लुम्बिनी प्रदेश उप–प्रमुख ईश्वर पाण्डेय, सिनियर एजेन्सी म्यानेजर शालिकराम भण्डारी, मार्केटिङ अफिसर गणेश प्रसाद पाण्डेय समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *