अस्तित्व खोज्दै राजेन्द्र महतो र प्रभु साह

राजनीति समाचार

काठमाडौं । मधेसी जनताको मुक्तिका कुरा गर्ने तर मधेसमा छोरीचेली दाइजोको कारण पेलिँदा र मारिँदा बेपत्ता हुने सामन्तहरु अस्तित्व रक्षाको लडाइँमा छन् । महन्थ ठाकुरदेखि उपेन्द्र यादवसम्मले मधेसीको नाममा फाइदा उठाएका छन् । मधेश प्रदेश सरकारमै जसपा, लोसपा र जनमत पार्टीको बाहुल्यता छ । तर मधेसी नेताले मधेसको अशिक्षा र गरिब हटाउने योजना ल्याएनन् ।

उपेन्द्र यादवले सद्भावना पार्टीको विरासतलाई भत्काएर मधेस जनाधिकार फोरम बनाए । वामपन्थी रुझानको फोरममा कांग्रेसका विजय गच्छदारदेखि राप्रपाका सर्वेन्द्रनाथ शुक्लासम्म पुगे । कांग्रेस त्यागेर महन्तले बनाएको तमलोपामा विजय नअटाउने सर्वेन्द्र र महेन्द्र राय अटाउने विचित्र भयो । अहिले जसपा राष्ट्रिय पार्टी हो । लोसपा राष्ट्रिय पार्टी भएन । यही बेला महन्थ ठाकुरबाट विरक्तिएका राजेन्द्र महतो पक्षले मधेसमुक्ति अभियान नामको टुकडी लिएर प्रहरीसँग भिड्दैछ । सरकारमा १३ पटक आपूर्ति मन्त्री भएका राजेन्द्र महतो र माओवादी पृष्ठभूमिका प्रभु साह अस्तित्वको रक्षामा छन् । साह संघीय संसद छन् ।

नेपाल आद्मी पार्टी गठन गरेर नयाँ दिल्लीको अन्ना हजारेको बाटो लिन खोजेपनि हजारेको छाया कजेरीवालले आमआद्मी पार्टीबाट प्राप्त सफलतालाई मोदी सरकारले रक्सीमा लगेर डुबाइदिएको छ । मौका पाउँदा कमाउने रमाउने राजेन्द्र महतो सद्भावना पार्टीको प्रतिष्ठामा कलंकित बनाउने शक्ति हो भने प्रभु साह कासी तिवारी हत्या प्रकरणका नायक हुन् ।

संसदीय मोर्चामा काशी तिवारी हिन्दु अतिवादीका सदस्य भएर एकले अर्काेलाई सिध्याउने धन्दामा लाग्दा प्रभु साहको टोलीले मारेको हो । मधेसमा मिटर ब्याजी पीडितमाथि शोषण गर्नैविरुद्ध राजेन्द्र र महन्थ मात्र होइनन् उपेन्द्र र प्रभु साह पनि छन्् । आफ्नै मतदातामाथि भएका अपराध रोक्न चासो नदिने तर अस्तित्वको रक्षामा राजधानीमा सडक जाम गर्नेहरुको अवस्था अब झन् नाजुक हुने स्थिति तिनकै व्यवहारले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *