सांग्रिला डेभलपमेन्ट बैंक र बंजी नेपाल एडभेन्चरबीच सम्झौता

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चर प्रा. लिबिच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चर प्रा. लिको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक महानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंजी नेपाल एडभेन्चर प्रा। लि मा गई एकल बंजी गर्दा रु १००० र जोडी बंजी गर्दा रु १५०० सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *