माफिया र भ्रष्ट कर्मचारीद्वारा राजश्वका ढुवानामाथि प्रहार

Uncategorized राजनीति समाचार

काठमाडौं । पाँचदलीय गठबन्धन सरकारमा माओवादी नेता वर्षमान पुन अर्थमन्त्री बनेका छन् । पुन अर्थमन्त्री भएको पनि महिनादिन नाघिसकेको छ । नयाँ अर्थमन्त्री आउँदा पनि देशको अर्थतन्त्र चलायमान हुन सकेको छैन । अर्थमन्त्री पुनले अर्थतन्त्र चलायमान बनाउँछु भनिरहँदा झन् बसैतिर डामाडोल बन्दै गएका देखिन्छ । यतिबेला अर्थमन्त्री पुन अर्थतन्त्रलाई चलायमान बनाउनुभन्दा पनि लगानी सम्मेलन गर्न व्यस्त रहेका छन् । लगानी सम्मेलन गरेर अर्थतन्त्र चलायमान बनाउन मन्त्री पुनले प्रयास गरिरहेको देखिन्छ । उता मुलक लामो समयदेखि आर्थिक मन्दीको चपेटामा पर्दै आएको छ ।

आर्थिक मन्दीकै कारण खाद्यान्नदेखि विभिन्न उपभोग्य सामग्रीको मूल्यवृद्धि आकासिएको छ । ठूला उद्योगी व्यापारीहरुले कर छली गरिराखेका छन् । साना व्यापारी, व्यवसायीहरुले आर्थिक मन्दीकै कारण घर भाडा र कर तिर्नसमेत सकेका छैनन् । देशमा निर्यातभन्दा आयात बढिराखेको छ । राज्यको आम्दानीको स्रोत भनेको राजश्व मात्रै रहेको छ । अर्थतन्त्रको मेरुदण्ड मानिएको निकाय राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व कार्यालय र भन्सार विभाग हुन् । यी निकायहरुले राम्रोसँग कर उठाउन सके मात्रै देशको अर्थतन्त्र चलायमान हुन्छ । तर, नेपालमा ठूला, उद्योग, व्यापारी र व्यवसायीले कर छली गर्दै आएका छन् ।

राजश्व अनुसन्धान विभागका महानिर्देशकमा नवराज ढुंगाना रहेका छन् । महानिर्देशक ढुंगानाले सुनतस्करी गर्नेदेखि कर छली गर्ने उद्योगी व्यापारीहरुलाई कारबाहीको दायरामा ल्याएर कर उठाउने काम गरेका छन् । आन्तरिक राजश्व विभागमा कार्यरत कर्मचारी, कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत कर्मचारी र विभिन्न कर कार्यालयका कर्मचारीहरु र भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा अमेरिकी कम्पनी ‘कोटिभी’ले ५ अर्ब १८ करोड कर छली गरेको भेटिएको थियो । त्यसै विषयलाई लिएर गत चैत १८ गते अमेरिकी कम्पनी ‘कोटिभी’ले १० अर्ब ६४ करोड ४५ लाख रुपैयाँ राजश्व छलीको बिगो दावीसहित राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । सो मुद्दा दायर गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि त्यसको छानविन गरिरहेको छ ।

सो कर छलीमा करिव ६० जनाभन्दा बढी कर्मचारीहरु छानविनको घेरामा रहेका छन् । त्यसरी छानविनको घेरामा पर्नेमा शाखा अधिकृेत सहसचिव र सचिवहरु रहेका छन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले कर छली गरेबापतको कर्मचारी र कम्पनीमाथि मुद्दा दायर गरेपछि तिनै कर छलीको आरोप लागेका कर्मचारीहरुले ढंगानालाई हटाउन विभिन्न ठाउँबाट दबाब दिन थालेका छन् । आरोपित कर्मचारीहरु महानिर्देशक ढुगाना हटाउन एकजुट भएर खनिएको बताइन्छ । ती दोषी कर्मचारीहरुले ढंगानालाई आरोप लगाय तापनि अन्य कर्मचारीहरुले महानिर्देशक ढुंगाना निर्दोष भएको बताइरहेका छन् ।

देशमा आर्थिक मन्दी छाइरहेको बेला राजश्व अनुसन्धान विभागमा महानिर्देशक ढुगाना गएपछि राजश्व राम्रोसँग उठाएको बताइन्छ । त्यस्तै ढुंगानाले राजश्व छली ल्याइएको ६१ किलो सुन पनि बरामद गर्न सफल भएका थिए । ढुंगानाले तस्करी गर्नेलाई पक्राउ गरेर चर्चा पनि कमाएका छन् । त्योसँगै अमेरिकन ‘कोटिभी’ कम्पनीले राजश्व छली गरेको पर्दाफास गरेका छन् । ढंगानाले अन्य ठूला व्यापारीहरुको अनुगमन गरी कर छली गरे नगरेको छानविन गरेका छन् । तत्कालीन महानिर्देशकहरुले न्यूरोडका केही ठूला व्यापारीहरुलाई तर्साएर राजश्व उठाए जस्तो गर्ने तर कर्मचारी र व्यापारी मिलेर कर छली गर्नेलाई सहयोग गर्ने गरेका थिए ।

तर, हालका निर्देशक ढुंगानाले त्यसो नगरी देशैभरी निष्पक्ष ढंगले अनुगमन गरी राजश्व छली गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम गरेको स्रोतको भनाइ छ । नेपालमा इमानदार ढंगले काम गर्ने कर्मचारीहरुलाई अन्य भ्रष्ट कर्मचारी र कर छली गर्ने व्यापारीहरुले काम गर्ने वातावरण दिने गरेका छैनन् । अहिले महानिर्देशक ढूगानालाई पनि त्यसैगरी भ्रष्ट कर्मचारी र कर छली गर्ने उद्योगी, व्यापारीहरुले हटाउने प्रपञ्च रचिरहेका छन् । अर्थमन्त्री वर्षमान पुन बनेपछि राजश्व अनुसन्धान विभागको महानिर्देशक बन्नलाई अर्थमन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका केही कर्मचारीहरु न्वारनदेखिको बल निकालेर लागिपरेका छन् ।

राजश्व असन्धान विभागका महानिर्देशक ढंगानाले जस्तै आन्तरिक राजश्व विभाग, अन्य कर कार्यालय र भन्सारका कर्मचारीहरुले पनि राम्रोसँग राजश्व उठाएका थिए भने देशको अर्थतन्त्र केही मात्रामा चलायमान हुने थियो भन्दै थिए केही कर्मचारीहरु । महानिर्देशक ढुंगानाले राम्रो काम गर्दैगर्दै पनि ढुंगानालाई हटाउन चारैतिरबाट दबाब पर्न थालेको छ । त्यो दबाबका बाबजुद पनि महानिर्देशक ढुंगानाले आफ्नो काम इमानदारपूर्वक अगाडि बढाइरहेको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *