काठमाडौं । अरुले बनाइदिएको संगठनको प्रयोग गर्दा राम्रै हुन्छ । निष्ठा त्याग र बलिदानको कुरा गर्न पनि पाइन्छ । तर आफै संगठक बन्न र जिल्ला घुमेर कार्यकर्ता बढाउन र जनता रिजाउन कति कठिन छ भन्ने कुरा एकीकृत समाजवादीले बझाङ र इलामको उपनिर्वाचनमा पाएको मत हो । जहाँ चुनावी कमाण्डर बनेका पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल इलाममा र मन्त्री भानुभक्त जोशी बझाङमा खटिएका थिए । उनीहरु खटेको ठाउँमा जितबहादुर राईले ४०८ दिलबहादुर सिंहले २५१० मत पाएका छन् ।
एकीकृत समाजवादीको हैसियत पनि त्यही हो । तर त्यो पार्टीलाई ठूलो पद धेरैमन्त्री चाहिन्छ । कसैको दया र माया होइन । यो चुनाव दलहरूको संगठन सुदृढीकरण पनि हो । माओवादीले इलाममा एमालेलाई सघायो बझाङमा मत बढायो । देश हल्लाएको राष्ट्रिय सहकारी ठग पार्टी साइजमा आयो । चुनाव जित्न उठेका सबै दलका नेताहरुलाई आफू र आफ्नो पार्टीको हैसियत याद आएको हुनुपर्छ । संगठन गर्नु नपर्ने अधिकार धेरै खोज्ने गर्दा पार्टीको हैसियत देखिन्छ । नेकपा एकीकृत समाजवादीको हैसियत पनि देखिएको छ ।
राजनीति अर्काको शक्तिको आडमा थेक्न सकिँदैन । एकीकृतलाई त्यो हैसियत दिएको माओवादीले हो । तर माओवादीले जस पाएन माधव नेपाल र राजेन्द्र पाण्डेका फूर्ति इलाम र बझाङले देखायो । अर्काको सेखी झार्न आफू सक्षम हुने भनेकै संगठन निर्माण हो । केन्द्रदेखि प्रदेशसम्म सरकारमा अस्थिरता जगाउने तर आफ्नो हैसियत बुझ्न नसक्नेले कस्तो राजनीति हो । एकीकृत समाजवादीलाई त्यो हैसियत दिँदा माओवादी आफै खस्केको छ ।
नेकपालाई एक ठाउँमा ल्याउने कामको बाधक माधव, राजेन्द्र बनेका छन् । यिनलाई एमाले अध्यक्ष केपी ओलीको झापड नै प्यारो छ । माधवले नभने पनि राजेन्द्र पाण्डे, मेटमणि चौधरहिरु वर्तमान गठबन्धनको विरोध गरिरहेका छन् । ६ जना सांसदले माधवलाई धम्काएका पनि छन् । राजेन्द्रले मेटमणिले सरकारलाई सर्पहरुको भिड भनेका छन् । तर गण्डकी, लुम्बिनी, कर्णाली, एकीकृतको हैसियतलाई जनताले देख्यो । कार्यकर्ता छैनन्, नेताले मात्र पार्टी बनाएर बन्दैन । जो संगठक होइन उसले राजनीतिमा फूर्ति लगाउनै पर्दैन ।