दुई छिमेकीकै कारण नेपालमा राजनीतिक अस्थिरता

राजनीति समाचार

राजनीतिक दलहरु सरकार बनाउने र गिराउने खेलमा व्यस्त
काठमाडौं । नेपालको संविधान २०७२ जारी भएपछि विश्वका देशहरुले नेपालको संविधान उत्कृष्ट र राम्रो भनेर स्वागत गरेका थिए । तर, भारतले भने नेपालको संविधान २०७२ लाई अहिलेसम्म स्वीकार गरेको छैन । त्यसको असर अहिलेसम्म नेपालमा परिराखेको छ । नेपालको संविधान २०७२ जारी भएयता नेपालका राजनीतिक दलहरुले एकल बहुमत पनि ल्याउन सकेका छैनन् । नेकपा एमाले र नेकपा माओवादी मिलेर ल्याएको बहुमतको सरकार ४० महिनाभन्दा बढी टिक्न सकेन । २०७९ मंसिर ४ को आमनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादीलगयातका दलहरु र नेकपा एमाले र राप्रपालगायतका दलहरुले गठबन्धन गरेर होमिँदासमेत कुनै गठबन्धनले बहुमत ल्याउन सकेनन् । गठबन्धनका ठूला दलहरुमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो बन्न पुग्यो । चौथोमा रास्वपा आयो । त्यसको असर अहिले नेपालमा परिराखेको छ ।

यिनै दलहरुमाथि छिमेकी मुलुक भारत र चीनले खेलेर नेपालको राजनीति अस्थिरतातिर जाँदै छ । भारतको चाहनाअनुसार नेपालको संविधान संशोधन गर्न सबै दल तयार भए तापनि संविधान संशोधन हुन सकेको छैन । यदि नेपालको संविधान संशोधन गर्ने हो भने कुन धारा र कहाँ टेकर संशोधन गर्ने हो त्यो निश्चित छैन । नेपालको संविधान संशोधन गर्दा समस्या झन् जटिलतातिर जान सक्छ । किन कि नेपालको संविधान नै त्यस्तै बनाइएको छ । अहिले भारतले कांग्रेस र एमालेलाई मिलाएर सरकार बनाउने र संविधान संशोधन गर्न लगाउने प्रयास गरिरहेको भित्री आँकलन छ ।

त्यस्तै प्रचण्ड नेतृत्वको सरकारले नेपालको एक सयको नोटमा चुच्चे नक्साको फोटो राख्ने भनेपछि त्यसलाई भारतले अस्वीकार गरिरहेको छ । त्योसँगै प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्री चुनिने र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक प्रणालीमा लाने योजना पनि भित्रभित्रै भइरहेको विश्लेषकहरुको आँकलन छ । तर, नेपालका राजनीतिक दलहरुले पटक–पटक सरकार फेरबदल गरेका छ छन् ।

सरकार बनाउन दुई छिमेकी मुलुकको सहारा लिनुपर्ने वाध्यता देखिन्छ । उता उत्तरी छिमेकी मुलुक चीनले वामपन्थी एकतालाई अगाडि बढाउने प्रयास गरिरहेको छ भने दक्षिण छिमेकी भारतले कसरी हुन्छ वामपन्थीलाई फुटाएर कांग्रेस नेतृत्वको सरकार बनाउने प्रयास गरिरहेको छ । तर, कांग्रेसभित्र संस्थापन पक्ष र इतरपक्षबीचको झगडाले गर्दा त्यो सम्भव देखिँदैन । कांग्रेस इतरपक्षहरुले गोदावरी सम्मेलनमा हिन्दू राज्यको पक्षमा हस्ताक्षर गर्दा पार्टीभित्रै मतविभाजन भएको थियो ।

सो मत विभाजन भएपछि कांग्रेससँगको गठबन्धन सरकार नै ढल्न पुग्यो । वामएकताको सरकार पनि कुन बेला कसरी ढल्ने हो त्यो निश्चित छैन । कांग्रेसले अहिलेको पाँच दलीय गठबन्धन टुटाएर माधव नेपाल अथवा उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउन चलखेल गरिरहँदा उपेन्द्र यादवको पार्टी नै फुट्न पुग्यो । उपेन्द्र यादवको पार्टी फुटेपछि कांग्रेसको सरकार बनाउने मिसन फेल खाएको छ । अब एक÷दुई महिनालाई यो सरकार यथावत रहने देखिन्छ । तर, एकीकृत समाजवादी पार्टीले जेठको पहिलो हप्ताभित्र सरकार छाड्ने संकेत देखिएको छ । एकीकृत समाजवादीले सरकार छाडे तापनि सरकारलाई बहुमत पुग्नेछ । सरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेट कस्तो आकारको ल्याउँछ त्यसैमा सरकारको आयु निर्धारण हुन्छ । त्यति भएन भने नीति तथा कार्यक्रम अगाडि नै अथवा बजेट पास गर्न नदिएर सरकार ढाल्ने खेल हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *