सरकारकै कारण अस्पतालमा भ्रष्टाचार

राजनीति समाचार

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको सुधार गर्न चाहेकै छैन । वीर अस्पताल, सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पतालm पशुपति गृह मात्र होइन सरकारले बजेट दिएर चलेका प्रादेशिक अस्पतालहरु पनि भ्रष्टाचारको खानी भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईकाअनुसार नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्र भत्काउन डा. गोविन्द केसी, डा. तोशीमा कार्की, गगन थापा, गिरिराजमणि पोखरेलहरु नै सक्रिय छन् । प्रसार्इं भन्छन्, १८ करोडको किमोथेरापी मेसिन वीर अस्प्तालमा ४५ करोडमा भित्र्याइन्छ । ११ करोडको एमआरई मेसिन २५ करोड, ४२ करोड पर्ने मेसिन १ अर्ब ५० करोड, ५ लाख पर्ने एक्से मेसिनको २५ लाखमा राज्यको पैसा खर्च गरिन्छ ।

दुर्गा प्रसाइँ आफै मेडिकल कलेज र अस्पताल चलाउने व्यवसायी हुन् । राजनीतिक रुपमा उनी अराजक होलान्, प्रचण्ड र केपी ओलीलाई मार्सी चामलको भात खुवाएर आफ्नो अस्पताललाई सम्बन्धन दिनलाउन उनी लागे । तर उनको इच्छा पुरा भएन । एमालेको दशौं महाधिवेशनमा प्रसाइँ केपी ओलीको फ्यान भएबापत पार्टीको साधारण सदस्य बिना केन्द्रीय सदस्य बनाइएको वर्ष दिन नपुग्दै प्रसाइँ ओलीको निर्देशनमा पूर्व राजा ज्ञानेन्द्रवादी भए । अहिले प्रसाइँको कलेजलाई सरकारबाट सम्बन्धन दिलाउन सर्वाेच्चले आदेश दिएको छ ।

नेपाल सक्ने १६ मारवाडी, १० बिचौलिया र ३० जना नेता भएको दाबी गर्ने प्रसाइँ देशको स्वास्थ्य क्षेत्र बिग्रनुमा भ्रष्टाचार नै कारक मान्छन् । प्रसाइँले आफुले खरिद गरेका मेसिन र सरकारी अस्पतालमा खरिद गर्ने मेसिनको मूल्य तुलना गर्दै स्वास्थ्य मन्त्री जो भएपनि लुट्न नछाडेको दाबी गरेका छन् । कांग्रेसका मोहन बस्नेत, स्वास्थ्यमन्त्री बनेका बेला डा.आरजुको निर्देशनमा १४ करोड भ्रष्टाचार भएको थियो । भारतले विदेशका बिरामीबाट १६ खर्ब आम्दानी गर्छ । भारतकी फुलनदेवीले धनीको लुटेर गरिबलाई बाँडछिन् । तर नेपालका नेता राज्य दोहन गरेर जनतामाथि ऋण थुपार्छन । समृद्धि र विकास यिनैले भन्छन् । जनतामा नेता विरुद्धको दलीय आक्रोश बढ्नुको कारण यही हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *