एकीकृत एमालेभन्दा के मा फरक ?

राजनीति समाचार

काठमाडौं । एमालेकै शिक्षा उसकै पार्टी नीति र सिद्धान्तमा आश्रित नेकपा एकीकृत समाजवादीले पार्टी स्थापनाको दुई वर्ष ६ महिनामा दशौं महाधिवेशन गर्दैछ । समाजवादको बाटो अंगालेको त्यो पार्टीले जनताको बहुदलीय जनवादको पुरानो लाइन छाडेर नयाँ गन्तव्यतिर लाग्ने बन्दै गर्दा सर्वसम्मत नेतृत्व चयन गर्ने अवस्था छैन । अध्यक्ष माधव नेपाल १५ वर्ष एमालेको नेतृत्वमा थिए भने माले कालका महासचिव एवं नवौं महाधिवेशनबाट एक कार्यकाल अध्यक्ष भएका वरिष्ठ नेता झलनाथ खनालकै बिचमा आगामी नेतृत्वका लागि प्रतिस्पर्धा हुँदा महासचिव घनश्याम भुसाल सर्वसम्मत अध्यक्षका लागि च्याँखे थाप्दैछन् ।

विभाजित पार्टी तत्कालीन गठबन्धनबाट विभाजित पार्टी तत्कालीन गठबन्धनबाट संघीय संसदमा १८ (१० प्रतिनिधिसभा र ८ राष्ट्रिय सभा) रहे पनि विचारमा अडिक देखिँदैन । राष्ट्रिय पार्टी बन्न नसके पनि संघ र प्रदेशमा निर्माण हुने गठबन्धनमा निर्णायक भएकै कारण एकीकृतले मधेस प्रदेश र बागमती प्रदेशमा सरकारमा राम्रै स्थान पाउको छ भने सुदूरपश्चिममा मुख्यमन्त्री नै लिएको छ । स्थानीय तहमा २१ प्रमुख, २३ उपप्रमुख प्राप्त नेकपा एकीकृत राष्ट्रिय नभएकै कारण एमाले अधयक्ष केपी ओलीका छुद्र वचन र हेपाह प्रवृत्तिको शिकार बनेको छ ।

एमालेसँग सम्बन्ध राम्रो नहुनुमा अध्यक्ष ओलीको वैचारिक दृष्टिकोण होइन । ओली आफु मात्र ठिक अरु बेठिक भन्ने घमण्ड भएको एकीकृतमा लागेका नेता कार्यकर्तालाई थाहा छ । एकीकृत पार्टीले समाजवादी कार्यदिशा कस्तो ल्याउँछ त्यसका महाधिवेशन प्रतिनिधिहरु प्रतिरक्षारत छन् । त्यो पार्टीको १९९ सदस्य केन्द्रीय समिति बनाउने नयाँ विधानले पहिलेका १५१ जनाको पुन केन्द्रीय सदस्य हुने अपेक्षामाथि पनि प्रहार नहोला भन्न सकिन्न । नयाँ विधानले दलीय संरचनामा तोकिएको आरक्षण दलित, युवा, महिलाको उपस्थिति बढी हुनेछ ।

१३ हजार ८४९ प्रतिनिधि असार ५ गते नै छानिएका छन् । ४५० जना हालका केन्द्रीय नेताहरु स्वतः प्रतिनिधि हुने दलीय चलन छ । केन्द्रका नेता समेत भुगोलबाट छानिनुपर्ने निर्णय गरेको प्रतिनिधि परिषद्को निर्णय समेत उल्टिएको अवस्था छ । कुरा चर्का काममा आलटाल सबैको बानी हो । एमालेबाट आएका नेता तथा कार्यकर्ता भएकाले सबैको स्वामित्व बराबर ठान्नुपर्ने बाध्यता पनि छ । एमालेको नेतृत्वबाट आएका झलनाथ खनाल र माधव नेपालको बचाउमा भन्दा युवाहरुलाई अगाडि सारेर नेताद्वय साइड लाग्नुपर्ने भनाई एकाथरीको छ । तर यी दुबै अध्यक्षका आकांक्षी छन् । एकीकृत समाजवादीले पार्टीलाई समाजवादी धारमा कसरी लैजाला प्रतिक्षा गर्नुपर्छ । एमाले भन्दा यो के कारणले फरक हो त्यो देखाउनुपर्ने बाध्यता पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *