कन्सलटेन्सीहरुको ठगी धन्दा कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । यतिबेला देशैभरि म्यानपावर कम्पनी जस्तै कन्सल्टेन्सी खोल्नेहरुको भीड लाग्ने गरेको छ । यसरी खोलिएका अधिकांश कन्सलटेन्सीहरुले विश्वका भिन्न देशहरुमा विद्यार्थी पठाउने नाममा अभिभावकलाई प्रभावमा पारी असुली धन्दा चलाइराखेका छन् । यसरी हेर्दा म्यानपावर कम्पनीभन्दा कन्सलटेन्सीहरुले नेपालीहरुलाई ठग्ने गरेको पाइन्छ । कम्तिमा म्यानपावर कम्पनी खोल्नेहरुले राज्यको सम्बन्धित निकायमा रु. २ करोड धरौटी राखेर खोलिएका छन् । म्यानपावरबाट बाहिर गएका कामदारहरु ठगिएर फर्किएको खण्डमा उजुरी गर्ने निकाय पनि छ । धरौटी राखिएको पैसाबाट ठगिनेहरुलाई असुलउपर गराइन्छ । तर, च्याउसरी देशैभर खोलिएका कन्सलटेन्सीहरुले न त राज्यका कुनै निकायमा उपयुक्त राशीमा धरौटी राखेका हुन्छन् न त उनीहरुद्वारा ठगिएका व्यक्तिले उजुरी गर्ने ठाउँ नै हुन्छ र ठगिनेहरुले क्षतिपूर्ति नै पाउँछन् ।

कन्सलटेन्सीहरुले राम्रो कमाइ हुने प्रलोभन देखाएर मोटो रकम असुली गरेर विश्वका विभिन्न मुलुकहरुमा नेपाली विद्यार्थी पठाउने गरेका छन् । नेपालीहरुले पनि कन्सलटेन्सीहरुको भरमा परेर निर्धक्क उनीहरुले भनेअनुसारको पैसा बुझाएर गएका हुन्छन् । त्यसरी विदेश पढ्न गएका अधिकांश विद्यार्थीहरु बीचैमा अलपत्र परेर फर्किने गरेका घटनाहरु थुप्रै छन् । अलपत्र परेर फर्किएका व्यक्तिहरुले आफूले बुझाएको पैसा बुझाएको कन्सलटेन्सी विरुद्ध उजुर गर्ने निकाय पनि छैन । कन्सलटेन्सीहरुको अफिस हेर्ने हो भने झकिझाउ साजसज्जाले भरिएको हुन्छ । ती कन्सल्टेन्सीहरुले अमेरिका, बेलायत, लन्डन, जापान, युके, फ्रान्स, क्यानडायलगायतका मुलुकहरुमा मोटो रकम असुलेर विद्यार्थीहरु पठाउने गरेका छन् । विद्यार्थीहरुले पनि यस्ता देशमा जान पाउने भएपछि कन्सलटेन्सीहरुले भनेअनुसारको रकम बुझाउने गर्दछन् । त्यसरी रकम बुझाएर नेपालबाट आफूले चाहेको देशमा जाने गरेका छन् ।

यसरी जानेहरुमा कतिपय बाटैमा अलपत्र पर्ने, कतिपय सम्बन्धित देशमा पुगेर भनेअनुकारको काम र विषय पढ्न नपाउने त कतिपय जानै नपाउने गरेका थुप्रै घटनाहरु छन् । तर, यस विषयमा न त राज्यका सम्बन्धित निकायले अनुगमन गरेको छ न त विदेश जानेहरुले सुझबुझ गरेका हुन्छन् । एकैचोटी आफूहरु ठगिएपछि मात्रै सामाजिक सञ्जालदेखि प्रहरी प्रशासनसँग हारगुहार गर्न पुग्द छन् । यस्ता कन्सलटेन्सीमा जानुपूर्व त्यसको बारेमा सुझबुझ गर्ने, वैदेशिक रोजगार विभागमा बुझ्ने गरेको पाइँदैन । कतिपय त आफन्त र छिमेकीलाई समेत थाहा नदिइ सुटुक्क कन्सलटेन्सीमा सम्पर्क गरेर जाने गर्दछन् । यस्ता ग्राहक भेट्टाएपछि कन्सलटेन्सीहरुले पनि राज्यका सम्बन्धित निकायदेखि प्रहरी प्रशासनसम्मलाई सेटिङ मिलाउने काम गर्दछन् । नेपालमा खोलिएका सबै कन्सलटेन्सीहरुको विभिन्न देशमा सञ्जाल रहेको छ ।

विदेशमा खोलिएका कन्सलटेन्सीहरुले नेपालमा डिमान्ड पठाउने र नेपालका कन्सलटेन्सीहरुले प्रहरी प्रशासन र सम्बन्धित निकायका व्यक्तिहरुलाई मोटो सकम बुझाएर विदेश पठाउने गर्दछन् । उता, नियम पूर्वक राज्यको सम्बन्धित निकायमा धरौटी राखेर खोलिएका म्यानपावरहरुलाई वर्षमा कम्तिमा पनि १०० जना विदेश पठाउन नसक्ने कम्पनीलाई खारेज गर्ने प्रावधान छ । यदि नियमपूर्वक राम्रो काम गरेर वैदेशिक रोजगारीमा पठाउने हो भने वर्षमा सय जना पु¥याउन गाह्रो हुन्छ । त्यसकारण राज्यको मापदण्ड पु¥याउनको लागि पनि मेनपावर कम्पनीहरुले अनेक धन्दा गरेर नक्कली डिमान्ड लेटर बनाएर भएपनि एक सय जना जना नघाउने गरेका हुन्छन् । यसले के देखाउँछ भने राज्यले राम्रो काम गर्नुभन्दा पनि जसरी हुन्छ ठगेर पैसा कमाऊ भन्ने नीति लिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *