एमालेका दूत प्रहरीमा दौडधुप

राजनीति समाचार

काठमाडौं । सरकार परिवर्तन हुन नपाउँदै नेपाल प्रहरीमा कांग्रेस र एमालेका दूतहरु सल्बलाउन थालेका छन् । अहिले त्यही भएको छ नेपाल प्रहरीमा । एमालेका लेभीधारी प्रहरी एआईजी भिम ढकाल र टेकप्रसाद राईको दौड उपत्यका प्रहरी कार्यालयमा जाने रहेको छ । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय राखेपछि गृह कांग्रेसले लिएको छ । कांग्रेसबाट मन्त्रीका लागि पुराना र अनुभवी अनुहार थुप्रै छन् । कृष्ण सिटौला, अर्जुन नरसिंह केसी, पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्कीजस्ता नेता छन् । जो विगतमा विवादमा थिएनन् ।

गृहमन्त्री पदमा जो पुग्छ त्यसको चाकडी गर्ने र ठाउँमा पुग्ने प्रतिस्पर्धा प्रहरीमा चल्छ । एआईजी भिम ढकाल एमालेसँग निकट हुन् । उनी उपत्यकामा आउन चाहन्छन् । एआईजी हुनासाथ उनले उपत्यका चाहेका थिए । तर त्यहाँ एआईजी दीपक थापा थिए र हाल पनि उनै छन् । ८ महिना पछिको आईजी थापालाई हेडक्वार्टरमा धकेलेर भिम ढकाल उपत्यकामा आउन पापड राम्रैसँग पेल्नु पर्छ ।

किनकि दीपक थापाको पनि पार्टी नेतृत्वसँग राम्रै पहुँच भएकाले एमालेलाई लेभी नै बुझाए पनि तुरुन्त काम नहुन सक्छ । नेपाल प्रहरीका अर्का चतुर एआइजी श्याम ज्ञवाली एकै दिन भएपनि आइजीपी बन्न पाउनुपर्छ भन्दै दौडधुप गर्न पछि परेका थिएनन् । गृहमन्त्री रवि लामिछानेलाई हटाउन मरिहत्ते गरेका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहालले मात्र होइन, एमाले अध्यक्ष केपी ओलीले समेत सहमति नदिँदा ज्ञवाली आईजीपी हुनबाट वञ्चित भउका छन् ।

राजनीति बढी लाग्ने चलखेल बढी हुने नेपाल प्रहरी कांग्रेस र एमालेको लागि भातृ संगठन नै हो । एमाले र कांग्रेसले भाग लगाएर निरीक्षक भर्ना र डीएसपी, एसपी, एसएसपी र डिआर्यजी सम्मको सरुवा र बढुवा गर्ने चलन छ । त्यही चलन चलाएका कारण एमालेका एआईजी कांग्रेसले लिने मन्त्रालयबाट फाइदा लिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *