ललितपुर बारमा सरकार एकातिर, पेशागत जनवर्गीय संगठन अर्कोतिर

राजनीति समाचार

काठमाडौं । नेपालका सबै क्षेत्रमा राजनीतिक विकृति र विसंगति छाएसँगै न्याय क्षेत्र पनि त्यसबाट अछुतो रहेको छैन । अहिले सुजसुकै पेशा, व्यवसायमा आबद्द भएका व्यक्तिहरु विभिन्न दल निकट संघ, संगठन खडा गरेर राजनीतिमा होमिने गरेका छन् । यसरी होमिनेहरु व्यक्तिहरु पेशागत हकहितको लागि भन्दा बढी आफू निकट राजनीतिक दलको संगठन गर्न र आफू पदमा पुग्न व्यस्त देखिन्छन् । त्यहीं संगठनलाई भँजाएर आफू पद, पैसा र पावरमा रमाउने गर्दछन् । त्यसको उदाहरणको रुपमा लिन सकिन्छ उच्च अदालत पाटन वार एशोसियनको आगामी भदौ १ गते हुन लागेको निर्वाचनलाई । ‘स्वतन्त्र, निष्पक्ष, सक्षम र भ्रष्टाचारमुक्त न्यायपालिका हाम्रो प्रतिवद्धता, सामाजिक न्याय, मानव अधिकार र कानुनी राज्यको लागि पेशागत दक्षता’ भन्ने मूल नारासहित एमाले र माओवादी निकट वकिलहरु गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

उता, नेपाली कांग्रस र नेकपा एकिकृत समाजवादी पार्टी निकट वकिलहरु पनि चुनावी तालमेल गरेर सो निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । सरकार नेकपा एमाले र कांग्रेसको हुँदा अन्य पेशागत र जनवर्गी संगठनहरुमा एमाले र माओवादीको गठबन्धन भएको छ । यता सरकार साझेदार दल नेपाली कांग्रेस र प्रतिपक्ष दल एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ । उच्च अदालत पाटन वार एशोसियनको चुनावी तालमेल हेर्दा सरकारको गठबन्धन एकातिर र अन्य पेशा, व्यवसाय र जनवर्गी संगठनको गठबन्धन अर्कोतिर देखिन्छ । यसरी सरकार एकातिर, अन्य पेशा व्यवसायी अर्कोतिर हुनु भनेको उच्च अदालत पाटन वार एशोसियनको चुनाव पेशागत हकहितको लागि नभएर व्यक्तिगत स्वार्थपूर्तिको लागि गरिएको देखिन्छ ।

यस्तै अवस्था रहने हो भने नेपाल पत्रकार महासंघको निर्वाचन पनि प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच तालमेल गरेर पहिलाकै गठबन्धन अनुसार अगाडि बढ्ने संकेत देखिन्छ । यसरी सरकारको गठबन्धन एकातिर अन्य पेशागत संघसंगठनहरु अर्कोतिर गठबन्धन गर्दै अगाडि बढ्ने हो भने सरकारको दिनगन्ती सुरु हुने पक्का छ ।

हुन त एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मात्रै कांग्रेस–एमाले गठबन्धनबाट चलाउने अन्य पेशा, व्यवसाय र जनवर्गी संगठनहरुको निर्वाचन एक्लाएक्लै लड्ने भनेका छन् । त्यसकारण उच्च अदालत ललितपुर वार एशोसियनको निर्वाचनमा पनि एमाले र माओवादी मिलेको हुनुपर्छ । आगामी भदौ १ गते हुँदै गरेको उच्च अदालत ललितपुर वार एशोसियनको निर्वाचनमा एमाले र माओवादी गठबन्धनबाट अध्यक्ष विदुर प्रसाद ढुंगाना, उपाध्यक्ष विष्णुअषि कोइराला, सचिव प्रबल शर्मा, सह–सचिव सुशिला चौधरी, कोषाध्यक्ष भुपाल बस्ने रहेका छन् ।

त्यसैगरी बिमला कुमारी शर्मा, जितिन्द्र विष्ट( तिजु), पुष्पा भुषाल –विमली) महिला, चित्र बहादुर कुताल विष्ट, रामनन्द चौधरी थारु (राजु) तिलकबहादुर पाण्ड, भानु निरौला, चन्द प्रसाद आचार्य, भिष्म प्रसाद पौडेल, सुशिला श्रेष्ठ, कृष्ण सिंह महरा, रेशम कँडेल, निकेश कुमार लम्साल र केशव खतिवडा खुल्ला सदस्य रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *