कांग्रेसका महामन्त्री ओठतालु सुकाउँदै

राजनीति समाचार

काठमाडौं । कांग्रेसभित्रको झगडा थन्कियो । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता त्याग्दिन प्रधानमन्त्री छाड्दिन भनेपछि महामन्त्रीद्वयको ओठ तालु सुक्यो । महामन्त्री बन्न गगन थापा शेखर टिमबाट विश्व प्रकाश शर्मा प्रकाशमानको सिंहको टिमबाट उम्मेदेवार भएर जितेका हुन् । देउवा टिमका डा. प्रकाशशरणलाई बालकृष्णले हराए प्रदिप पौडेल जित्ने लाइनमा रहेका थिए

पार्टी सुधार्न गगनले कांग्रेसले पार्टीकै चुनाव चिन्हमा मत दिन पाउनुपर्छ भन्दा डा.शेखर मस्किए । उनलाई लालबाबु पण्डितले ०८४ मा थन्को लगाउन पत्यार छैन । किनकि २०८४ अगावै कांग्रेसको १५औं महाधिवेशन गर्ने भन्दैछ । त्यो बेला देउवाले डा शेखरलाई उत्तराधिकारी बनाउन सक्छन् भन्ने आश भएपनि राजनीति हो । कोइराला वंशबाट शेरबहादुरले तानेको पद पुन त्यही वंशमा जाला भन्न सकिन्न तर आश शेखरलाई छ ।

प्रस्ताव भाउजुले मिलाएर प्रतिवाद गरिन् । तर हिन्दु धर्मका अभियन्ता शंकर भण्डारीको प्रस्तावमा सभापतिले समय आएपछि विचार गर्ने हो । कांग्रेस अहिले हतारिँदा मामिला बिग्रन्छ भनेर चुपचाप बनाए । कांग्रेसका युवा भनेका केन्द्रमा म्याउ म्याउ गर्छन् । तर जिल्लामा घुम्नेमा डा. शेखर बाहेक अरुको हिम्मत देखिएन भन्ने पनि कांग्रेसभित्र छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *