महासंघ भित्र लफडै लफडा

राजनीति समाचार

काठमाडौं । नेपाल पत्रकार महासंघको २७ औं महाधिवशेन तोकेको मितिमा निर्वाचन सम्पन्न गर्न नसकेको नेपाल पत्रकार महासंघ असोज ५ मा निर्वाचन गर्न सफल होला नहोला, तर आकाक्षीहरुले भने निर्वाचनमा चासो राखेका छन् ।

महासंघले पूर्व अध्यक्ष र सभापति तीनजनाको टिम बनाएर शुद्धिकरणले जन्माएका विवाद र हटाउन दिएको जिम्मेवारी सुप्रीमो तिमीले कति पुरा गर्यौ मतदाता नामावली समयमा बुझाउन अध्यक्ष पिपुल पोखरेल असफल भएका छन् ।

प्रेस युनियनले धोका दिने छाटकाट देखेर नै प्रेस चौतारी प्रेस सेन्टरसँग पनि टाढिएको छैन । समाजवादी प्रेस संगठनले पहिलेदेखि युनियनसँग एकता गर्ने तयारीमा थियो । प्रेस युनियनको भन्दा पनि तारानाथ दाहालको उम्मेदवार विपुल पोखरेलले युनियनकै बदनाम गराए । किनकि महासंघमा अध्यक्ष सर्वापरी हुन्छ । पेशागत हितका कुरामा कानुन निर्माणको लडाईमा महासचिव सचिवहरू खट्नु महासंघको दायित्व हो । अध्यक्षले सदस्यताका लडाईलाई सम्बन्धित प्रदेश र जिल्लामै मिलाउनु पथ्र्याे ।

यसपटक निर्वाचन समितिले पनि केन्द्रबाटै सदस्यताको विवाद टुंगो नगरी दिँदा आलोचित छ । यही बेला युनियनबाट अध्यक्ष पदको दलीय स्वीकृति पाएको प्रेस चौतारीमा पनि अन्यौल छ । युनियनको एउटा पक्ष अध्यक्ष नछाड्ने हालका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई अध्यक्षमा उठाउने भन्दैछ । शर्मालाई पत्रकार महासंघको अध्यक्ष स्वीकारेका हुन् । तर युनियन डा.शेख कोइरालाको पकडमा छ । त्यहाँ शिव लम्साल अध्यक्ष छन् । युनियनभन्दा तारानाथ दाहालको मान्छे विपुल पोखरेललाई माओवादीका गोविन्द आचार्यले सो पदमा सहयोग गर्दा प्रेस चौतारीको दुई कार्यकाल महासंघमा भएन । सदस्यता शुद्धीकरणमा मने चौताले ताला लगायो, युनियले थप्यो । सरकारी गठबन्धन जे जस्तो छ महासंघमा त्यस्तै हुनु राम्रो होइन ।

श्रमजीवी र स्वरोजगारमुलक पत्रपत्रिका बजारमा नदिने सूचना विभाग प्रेस काउन्सिल विज्ञापन बोर्डमा बुझाएर वर्गीकरणमा अब्बल हुने नेताको चाकडी गरेर पद कब्जा गर्ने धेरै छन् । आन्तरिक राजस्वका तत्कालीन महानिर्देशक चुडामणि शर्माको हस्ताषर चोरेर विज्ञापन छाप्ने भुक्तानी लिने प्रेस चौतारीले सचिव पदको उम्मेद्वारी दिँदा भुँइ न भाडामा भएका धेरै छन् । चुनावमा त्यस्तैलाई जिताइन्छ । प्रेस सेन्टर र युनियन र चौतारी मिले एक्लै भिड्ने भन्दैछ । प्रचार अनुसार आज केन्द्रको उम्म्देवारी दर्ता गर्न भदौ ३१ मा प्रदेशको र असोज ५ गतेको चुनावको लागि हुनुपर्ने भनेको थियो तर अहिले आएर हावा खाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *