भक्तपुर डिभिजन सडकमा सुमन आतंक
काठमाडौं । भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङ निकम्मा बन्दा राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र पर्ने भएका छन् । घिसिङले तत्कालीन सरकारले लगाएको ठेक्का र निर्माण व्यवसायीले समयमा काम नगरेको आरोप लगाउँदै भौतिक, शहरी, सिँचाइ जस्ता मन्त्रालयको ठेक्का तोड्ने काम गर्दै आएका छन् । त्यसले गर्दा भौतिक सिँचाइ, शहरी जस्ता मन्त्रालयका ठुला राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र पर्ने भएका छन् ।
कुलमान घिसिङ जस्ता चतुर मन्त्री अहिलेको देखिएका छैनन् । घिसिङले ठेक्का तोडेसँगै सोमबार भारत भ्रमणमा निस्किएका छन् । घिसिङले देश र जनताको लागि काम गर्ने भन्दा पनि कमिसन बटुल्नमा व्यस्त रहेका छन् । पहिला सर्वसाधारण जनतामाझ कुलमान घिसिङको जति चर्चा थियो, अहिले त्यो चर्चा सेलाउँदै गएको छ । किन कि सुशिला कार्की नेतृत्वको सरकारमा सामेल भएपछि ठूला तीनवटा महत्वपूर्ण मन्त्रालय हात पारेका छन् ।
ती मन्त्रालयमा खर्बौको बजेट रहेको छ । त्यसले गर्दा पनि घिसिङले ५ प्रतिशत कमिसन खाँदा पनि करौंडौं रुपैयाँ हात पार्ने योजना बनाइरहेका छन् । अझ राष्ट्रिय गौरवका आयोजना प्रमुख र सडक डिभिजन प्रमुख सरुवा गर्ने हो भने घिसिङको कमाइको कुरै नगरौं । त्यसले गर्दा भौतिक मन्त्रालय अन्तर्गतका कामहरु अलपत्र परिरहेका छन् ।
भौतिकसँगै यातयात विभाग र कार्यालयहरुको आम्दानीको स्रोत त्यसमा जोडिएको छैन ।
त्यसैगरी तत्कालीन सरकारले लगाएको ठेक्कालाई यथावत राखेर काम गराउनु पर्ने थियो । तर, घिसिङ आफैँ भ्रष्ट भएको कारण ठुला मन्त्रालयको ठेक्का तोड्ने र नयाँ ठेक्का लगाउने काम गर्दै आएका छन् । तत्कालीन सरकारमा एमालेबाट भौतिक मन्त्री बनेका देवेन्द्र दाहालले पनि पूर्ववती सरकारले लगाएको ठेक्का तोड्ने काम गर्दै आएका थिए । त्यसैले गर्दा जेनजीले मन्त्री बनाएका घिसिङ र दाहालको व्यवहार एउटै हुन पुगेको छ । पूर्वमन्त्री दाहालले ठेक्कापट्टाको काम आफ्नो हातमा आएपछि स्वकीय सचिव मनोज दाहालबाट गराउँदै आएका थिए ।
दाहालले ठेक्कापट्टा मात्र लिएका थिएनन् कर्मचारी सरुवामा पनि ठेक्का लिएका थिए । सुर्खेत, भक्तपुर, पोखरा, काठमाडौंलगायत डिभिजन सडक कार्यालयदेखि राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरु सरुवामा स्वकीय सचिव मनोज दाहालले ठेक्का लिएका थिए । तीनै कर्मचारीहरुबाट दाहाल अर्बौ रुपैयाँ कमाउन सफल भएको स्रोतले उल्लेख गरेको छ ।
त्योसँगै कर्मचारी सरुवामा खेलोफड्को गर्दा भौतिक संरचनाको काम लथालिङ्ग हुदैँ गएको थियो । मन्त्री दाहालका स्वकीय सचिव मनोज दाहालले भौतिक मन्त्रालय अन्तर्गतका ठुला ठुला आयोजना र सडक डिभिजन प्रमुखहरुलाई मालदार अड्डामा खटाउने र ठुलो मात्रामा कमिसन हात पार्ने काम गर्दै आएका थिए । त्यसैगरी तत्कालीन सडक विभागका महानिर्देशक रामहरि पोखरेललाई गत जेठ १२ गते सडक विभागको महानिर्देशबाट हटाएर भ्रष्ट डा. विजय जोशीलाई महानिर्देशक बनाएका थिए । डा. जैशी सडक विभागको महानिर्देशक बनेपछि मन्त्रीका स्वकीय सचिव मनोज दाहाल र मन्त्रीलाई खुसी पार्ने काम गरेका थिए ।
त्यसैले गर्दा भौतिक मन्त्रालयको प्रगति हुन सकेको थिएन । त्यसको उदाहरण लिन सकिन्छ भक्तपुर डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशलाई । योगेश भक्तपुर डिभिजन सडक कार्यालयमा दुई कार्यकाल बिताइसकेका व्यक्ति हुन् । उनी खान र खुवाउन पनि माहिर छन् । उनै योगेशले तत्कालीन मन्त्रीका स्वकीय सचिव मनोज दाहाललाई प्रयोग गरेर डिभिजन सडक कार्यालय भक्तपुरमा बस्न सफल भएका छन् । योगश भक्तपुर डिभिजन सडक कार्यालयमा दुई पटक बस्दा भौतिक निर्माणको कामसँगै सडकको कामहरु अलपत्र पार्दै आएका थिए ।
योगेश जहाँ बजेट धेरै हुन्छ त्यहाँ उनको नजर परिहाल्छ । चाँकडी, चाप्लुसी र पैसा खर्च गर्दै सडक डिभिजन र आयोजनामा पुगिहाल्छन् । योगेशले डिभिजन सडक कार्यालय हेटौडा, चन्द्रनिगाहपुर, हुलाकी राजमार्ग आयोजना नेपालगञ्ज, कान्ती लोकमार्ग आयोजना जस्ता ठाउँमा बसेर लोकन्थलीमा आलीसान महल खडा गरेको स्रोतले उल्लेख गरेको छ । तर यस्ता भ्रष्ट योगेशलाई नत अख्तियारले कारबाही गर्न सक्छ नत सुशिला नेतृतवको सरकारले नै कारबाही गर्न सक्छ ।
जेनजीको बलमा मन्त्री बनेका कुलमा पनि यिनै भ्रष्ट योगेश जस्ता भ्रष्ट कर्मचारीसँग मिलेर कमिसन बटुल्ने काम गर्दै आएका छ । त्यसको लागि चुनावी सरकारका भौतिक मन्त्री कुलमान घिसिङले पुराना ठेक्का तोड्दै नयाँ ठेक्का लगाउँदै कमिसन हात पार्ने काममा रमाइरहेका छन् । त्यसले गर्दा तत्कालीन सरकारका भौतिक मन्त्री दाहाल र शुशीला कार्की नेतृत्वका भौतिक मन्त्री कुलमानबीच कुनै फरक देखिँदैन । अनि कसरी हुन्छ यो देशमा भ्रष्टाचार निवारण ?

