निजामती सेवा दिवसमा २ लाख पुरस्कार खेर

राजनीति समाचार

काठमाडौं । नेपालमा भ्रष्टाचार सरकारको साझा सम्पत्ति बन्दैछ । नेपालको प्रशासन र सुशासनको प्रत्याभुति दिन निजामती सेवा दिवस २०६१ बाट मनाउने गरियो । २०१३ भदौ २२ मा निजामती शुरु भयो । तर २ लाख पुरस्कार पाउने कर्मचारी भेटिएन । सरकारले कर्मचारीतन्त्रको स्वार्थमा निजामती कर्मचारी ऐन पारित गर्ने गर्छ । निजामती सेवाका १ लाख २५ हजार कर्मचारीहरमा निष्ठा र अनुशासन तोड्नेहरु धेरै छन् । त्यसैले सर्वोत्कृष्ट दाबी भएन । सरकारलाई उत्कृष्ट कर्मचारी प्राप्त गर्न कठिन छ । किनकि दलका नेतालाई भ्रष्ट बन्न सिकाउने कर्मचारीलाई मन्त्रीले साथ लिने भएकाले अधिकांश विवाद कर्मचारीबाट नै सूचना लिक हुने गरेका छन् । नेता बदनाम भएका छन् सर्वोत्कृष्ट कर्मचारी कुनै कारबाहीमा नपरेका हुनुपर्छ ।

निजामती कर्मचारी होस् वा मन्त्रालय तहबाट स्थापना गरिएका पदक तथा पुरस्कार दलीय भागबण्डमा वितरण गर्ने काम हुन्छ । क्षमता योग्यता अनुशासनका कुरा विफल बनाउन पार्टी र गुटका आधारमा पुरस्कार दिन छनोट गरिन्छ । निजामती कर्मचारी क्षेत्र कतै पनि निष्पक्ष स्वतन्त्र बन्न सकेन । संघीय शासन लागु भएपनि ऐनको कारण विवाद बढ्ने जन्ममिति सच्चाएर जागिरको अवधि बढाउने प्रवृत्तिको सिकार प्रशासनिक क्षेत्र भएको छ । सरकारले उत्कृष्ट कर्मचारी छनौट गर्न नसकेको चार वर्ष भएको छ । दोस्रो र तेस्रो तहका पुरस्कार लिने जनि पनि फेला पर्ने तर २ लाख पाउने कर्मचारी ८ वर्षबाट फेला नपर्नुको कारण भनेकै पुरस्कार पाउने कम घुस्याहा हुन्छन् भन्ने हो ।

सरकारलाई जनसेवी बनाउने सबै भन्छन्,–व्यवहारमा दल निकट कर्मचारी दलका मन्त्रीका लागि विश्वास योग्य हुन्छन् । त्यहीकारण निजामती सेवा विवादित छ । सरकारले निष्पक्ष योग्य भन्दा भ्रष्ट रोज्छ । सचिव समेत हिजोका अखिल र नेविसंघ खोजेर नेताले सिफारिस गरेका रोज्न थालेपछि सत्तामा नभएको दलको काम कसले सहज गर्छ । गृह, अर्थ, सञ्चार, स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन र वन प्राविधिक मन्त्रालय हुन् । अर्थ, सामान्य पय्रशासन, भूमिसुधार प्रशासनिक मन्त्रालय भएपनि आफ्ना खोज्दा विषयको ज्ञान नभएको सचिव लिँदा ६ महिना अनुभव प्राप्त गर्न लाग्छ ।
कर्मचारी सरुवा बढुवा दक्षता प्राप्त गर्ने तालिम प्रशिक्षण जस्ता विषय पनि निष्पक्ष नहुँदा बढुवामा असर पर्छ । घुस खुवाउन नसक्नेको जनताको काम नभए जस्तै निजामतीमा पनि कतै सुनवाई हुँदैन भने सर्वोत्कृष्ट पुरस्कार पाउने छान्दा कसरी पाइन्छ ? कर्मचारीमा इमान्दार फेला नपर्ने भन्ने नै हुँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *