दुवाडी सधैँ मालदार अड्डमा

राजनीति समाचार

काठमाडौं । गृहसचिव बन्ने चर्चामा थिएनन्, गोकर्णमणि दुवाडी । तर एकाएक बाजी मारे,कसरी ? जसरी मुख्यसचिव बन्नु अगाडि एकनारायण अर्याल वालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मध्यरातमा वार्ता गरे उही शैलीमा गृहसचिव बन्नु अघि गोर्कणमणि र गृहमन्त्री रमेश लेखकबीचको एकान्तवार्तालाई यस पछिको कारक ठानिएको छ ।

सिनियर सचिव दिनेश घिमिरेलाई मुख्य सचिव बन्नबाट रोकेर एकनारायणले मुख्यसचिव पद पाए । उनलाई गृह सचिव बनाइने चर्चा थियो तर कालान्तरमा उनको नाममा समेत सहमति जुट्न सकेन । पछिल्लो समय प्रशासकहरुको सरुवामा विचौलिया हाबी हुने गरेको खुलेआम देखिएको छ,जसरी बैकुण्ठ अर्याललाई आइटी माफियाहरुले बोकेर मुख्य सचिव बनाए । जसरी शिक्षा सेवाका टेकनारायण पाण्डेलाई गिरोहहरुले गृहमा पु¥याए उही र उस्तै ढङ्गबाट गोकर्णमणिलाई गृहमा लगिएको गृहकै कर्मचारीहरुबीच चर्चा चल्ने गरेको छ ।

अहिलेको यो खेलोमेलोको पछाडिको मुख्य पात्र हुन गृहमन्त्री रमेश लेखकका भतिज । यस अघि मन्त्रीसँग विग्रिएको सम्बन्धलाई उनै भतिज केशवराज लेखकका कारण सुमधुर बनेको र उनै लेखकको जोडबलमा गोकर्णमणि गृहमा पुगेको चर्चा छ । दुवाडी भूमि सचिव हुँदा केशव लेखकलाई कलकी मालपोत कार्यालयको हाकिम बनाएर खटाइएको थियो । सोही गुण तिर्नका लागि उनै मन्त्रीको भतिजमार्फत च्यानल मिलाएर दुवाडीलाई गृह सचिव बनाइएको चर्चा छ । यद्यपि गृहमन्त्री रमेश लेखकका सचिवालयका कर्मचारीहरु चाहिँ केशव त्यति धेरै पावरफुल कर्मचारी नभएको र त्यत्रो ल्याकत नराख्ने कर्मचारीका रुपमा चिन्छन् ।

उता अर्काे रंगीला हाकिम छन्,अहिले पर्सातिर । मालपोत कार्यालय पर्साका हाकिम बनेर गएका छन्,डमरु निरौला । दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका बेला नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टा भित्र मन्त्रालयमा हाजिरी हुन पत्र काटेको थियो । त्यसपछि करिब ४ महिनासम्म निरौला मन्त्रलालमै बसे । पछिल्लो समय उनी सामान्यबाट भूमि मन्त्रालयमा सरुवा भएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *