ई–सेवा संचालक अस्गर अलीको अनेक धन्दा : लोकसेवा परीक्षार्थीको वैयक्तिक विवरण असुरक्षित

राजनीति समाचार

काठमाडौं । जब जब ओली सत्तामा आउँछन्, तब प्रविधिको नाममा अस्गर अलीले रजाई गर्दै आएका छन् । अघिल्लो पटक रक्षामन्त्री इश्वर पोखेरलका छोरा उनै अली र ओम्नी ग्रुप मिलेर स्वास्थ्य सामाग्री खरिदमा अर्बाै भ्रष्टाचार गरेको बिषय बाहिर आएको थियो तर अख्तियारदेखि महालेखा परीक्षकको कार्यालयसम्म आफ्ना एस म्यान फिट गरिएका कारण उक्त बदमासी उपर कुनै कारवाही भएन, दोषी ठहर गरिएन । आइटीका नाममा अघिल्लो पटक मनोज पाण्डेहरुको समूहले जसरी चलखेल र लुट मच्चाएको थियो अहिले उसैगरी अलिको समूहले १० औं करोडको प्रोजेक्ट आफ्नो कम्पनीलाई दिलाउनका लागि चलखेल गर्दै आइरहेका छन् । अलिले यस अघि ई सेवा नामक कम्पनी चलाउँदै आएका थिए । यस्का अलवा आइटीसम्बन्धी कम्पनीका मालिक समेत हुन उनी । उनै अलिको लगानी रहेको एफवान सफ्टले एम्बिसन गुरु नामक कम्पनी चलाइरहेको छ । यो अनलाइन ट्युसन सेन्टर हो ।

यो यही कम्पनी हो,जसका कारण लोकसेवा परीक्षार्थीको वैयक्तिक विवरण समेत लिक हुँदै आएको छ । निश्पक्ष परीक्षा सञ्चालन गर्नु र नतिजा सार्वजनिक गर्नु मात्र नभई उमेद्धारहरुको वैयक्तिक विवरण सुरक्षित राख्नु पनि संवैद्यानिक निकाय लोकसेवा आयोगको दायित्वभित्र पर्दछ । तर,यही पाटोमा लोकसेवा आयोग पटक पटक चुक्दै आएको छ । यही लोकसेवा आयोगको गम्भीर लापरवाहीका कारण परीक्षाका हजारौं उम्मेद्धारहरुको व्यक्तिगत विवरण एउटा इन्स्टिच्यूडकै पकडमा पुगेको धेरै भएको छैन । डाटा सुरक्षाको सबालमा गत बर्षमात्र साढे चार लाख आवेदकको तथ्यांक नै गायब भएको थियो नै आयोगबाट हजारौं उमेद्धारको वैयक्तिक विवरण लोकसेवा कक्षा चलाउने इन्स्टिच्यूडको हातमा पुगेको पनि धेरै भएको छैन ।

आयोगको विज्ञापन नम्बर ११९०१÷२०७९–८० तथा ११९०२÷२०७९–८० को परीक्षा लिएको थियो । उक्त परीक्षामा २८ हजार ५० उमेद्धारले परीक्षा दिएका छन् । ती सबैको मोवाइलमा एउटै प्रकारको म्यासेज एउटा निजी कम्पनीको तर्फबाट पठाइएसँगै एम्बिसना गुरुको हातमा उमेद्धारको वैयक्तिक विवरण पुगेको रहष्य सार्वजनिक भएको थियो । उमेद्धारहरुले फाराम भर्दा अनलाइनबाटै आफ्नो व्यक्तिगत विवरण भरेका हुन्छन् । त्यहाँ नाम,ठेगनाका अलवा नागरिकता,आफ्ना सर्टिफिकेट भरेर पठाएका हुन्छन् । लोकसेवा अयोगले कुनै पनि विज्ञापन खोले पछि त्यसमा दरखास्त दिने उमेद्धारले लोकसेवा आयोगको फाराम भर्नका लागि आफ्नो छुट्टै एकाउन्ट क्रियट गर्दछ । त्यहीँबाट उस्ले नागरिकता, शैक्षिक प्रमाणपत्रलगायतका विवरणहरु राखेपछि मात्रै फारमहरु भरेमा त्यसको स्वीकृत हुने गर्छ । साधरणतया लोकसेवा आयोगको डाटा त्यहीका अधिकारीहरुले समेत अर्काे शाखामा गएर हेर्न सक्ने अवस्था हुँदैन ।

एक उपसचिवका अनुसार,आयोगकै कर्मचारीको समेत पकड बाहिर रहेको डाटा एम्बिसन गुरु नामक कम्पनीको पकडमा पुगेको थियो । हो,त्यही बदनाम कम्पनीलाई १० औं करोड रकम दिने गरी चलखेल अगाडि बढिरहेको छ । कुनै पनि बैंक तथा वित्त संस्थाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम संस्थागत उत्तारदायित्व(सीएसआर) अन्र्तगत खर्च गर्नुपर्ने हुन्छ । सोही रकममा हो अस्गर अलीले आँखा लगाएको । ओलीका सल्लाहकारले गत १९ भदौंमा वालुवाटारमा बैठक डाकेर सरकारी बैंक, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल स्टक एसक्चेञ्ज, निक्षेप तथा कर्जा सुरक्षण निगम लगायतका संस्थाका अधिकारीहरुसँग संस्थागत उत्तरदायीत्व अन्र्तगतको रकम आफ्नो कम्पनीलाई दिने गरी प्रस्ताव अगाडि बढाएका हुन ।

एक नीजि बैंकका उच्च पदस्थका अनुसार बेलुकी ८ बजेदेखि १० बजेसम्म वालुवाटरमा चलेको छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी पुष्करले एउटा प्रस्तुतिकरण राखेका थिए, जुन ओलीका सल्लाहकार अलीको कम्पनी मार्फत अघि बढाउने परियोजना केन्द्रित थियो । अलि संलग्न एम्बिसन गुरु प्राली नामको इ–लर्निङ प्लेटफर्मलाई सरकारी बैंक तथा संस्थानहरुको सीएसआरको १० करोड रुपैयाँ उपलब्ध गराउने योजनामा केन्द्रित थियो । अलीको सो निजी कम्पनीले देशभरका सामुदायिक विद्यालयहरुमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न पाँच वटा विषयमा अनलाइन कक्षा सञ्चालन गर्ने योजना तयार पारेको हो । वर्षमा १५ करोड भन्दा धेरै नाफा गर्ने सरकारी तथा गैरसरकारी कम्पनीले कुल नाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नियम छ । यसरी खर्च गर्ने रकमलाई प्रधानमन्त्री कार्यालयकै अग्रसरतामै केन्द्रिकृत गरी निजी कम्पनीलाई १० करोड रुपैयाँ दिलाउन खोजिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *