नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप

राजनीति समाचार

काठमाडौं । प्रहरीलाई कमजोर बनाएर चुनाव जित्ने र प्रहरी प्रयोग गरेर निर्वाचन जित्ने कांग्रेसीहरुले यसपटक पनि उस्तै व्यवहार देखाए । गृहमन्त्री बालकृष्ण खाँड हुँदा पनि बुढानिलकण्ठको स्तक्षेप सहन प्रहरी बाध्य थियो । त्यो बेला धिरजप्रताप सिंह चिठ्ठामा आईजीपी भए । विश्व पोखरेल वरिष्ठ भएर पनि देउवा दरबार निकट बन्न नसक्दा कांग्रेस कित्ताकै डा.शेखर कोइरालाले सभापति देउवालाई खबरदारी गर्न ृसकेनन् । विश्वलाई एमालेका भ्रष्ट ईश्वर पोखरेलसँग जोडियो । वरिष्ठ भएर पनि आईजीपी बन्न नपाएका पोखरेल अभागी बने ।

बसन्त कुवँरलाई दाजु रामजी कुँवरको कारण आईजीपी बने । एसएसपीबाट डिआईजी बनाउँदैमा १२ रोलक्रमबाट पहिलो बनाइयो । त्यो खेल ब्रिफकेशको थियो । डिआईजी, एआईजी मन्त्रिमण्डलबाट एसएसपी, एसपी, डिएसपी निरीक्षकसम्म आईजीपीबाट बढुवा गर्ने परम्परा अहिले तोडिएको छ । आईजीपीले जवानहरुको समेत आवश्यकता र औचित्यका आधारमा सरुवा बढुवा गर्न पाउने गरी नत्थी लगाउने काम भएको छ । गृहमन्त्री रमेश लेखक कति कमजोर छन् भन्ने कुरा छर्लंग देखिन्छ । जुन प्रहरी कांगे्रस एमालेले गरेका भ्रष्टाचारमा प्रहरी चुप बस्छ उजुरीकर्ता धम्काउँछ ।

अन्यलाई झुटो मुद्दा लगाएर दुख दिन्छ । सीआईबीमा प्रहरीले कांग्रेसका धनराज गुरुङ एमालेका ऋषि पोखरेलको सहकारी ठगीमा प्रहरी मौन छ । सहकारी रजिष्ट्रार कार्यालयले पोखरेल र गुरुङको नाम पेश गरेन । काठमाडौं केन्द्रित प्रहरीको संरचना सुदूरपश्चिमको दबदबा छ । नेपाल प्रहरी भित्र यो बेला कांग्रेस एमालेको दुई कित्ता छ । एआईजी भिम ढकाल, टेकराज राई एमाले कित्ताका हुन् भने टेकबहादुर तामाङ, सुदिप गिरी, किरण बज्राचार्य कांग्रेस कित्ताका हुन् । कुँवरपछि आईजीपी बन्ने दौडका दीपक थापा भए सबै दलका नेतासँग पेशागत सम्बन्ध जोड्ने भनेर चिनिए पनि रेणु दाहाललाई चुनाव जिताउन मतपत्र चपाएपछि माओवादीका अध्यक्ष भक्त भएको आरोप छे । थापालाई चर्चित काण्डमा विवाद सामसुम पार्न खटाइन्छ । यतिबेला सीआईबीमा थापालाई पठाएर ओली सरकारले रमिता देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *