महालेखा नियन्त्रकको कर्मचारी सरुवामा सेटिङ

राजनीति समाचार

काठमाडौं । हालैमात्र महालेखाले चेक काट्ने अधिकार प्राप्त २६ उपसचिव ८० लेखा अधिकृत र ४२६ लेखापालहरुको सरुवा ग¥र्यो । उक्त सरुवा विवादमा मुछिएका छन्,सचिव विनोद सिंह । एकनारायण अर्यालको ठाउँमा अब बन्ने गृहसचिव मै हुँ भन्दै हिडेका सिंह आफैंले बनाएको मापदण्डलाई कुल्चिएर कर्मचारी सरुवा गरेसँगै उनी विवादमा तानिएका हुन । सिंह सचिव भएर गएरसँगै लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१ जारी गरेको थिए । उक्त मापदण्डमा लेखा अधिकृतहरूलाई (क) वर्गका कार्यालयबाट (क) वर्ग मै सरुवा नगरिने उल्लेख छ । तर,आफैंले बनाएको मापदण्डलाई कुल्चदै कर्मचारी सरुवा गरिएपछि सिंह विवादमा मुछिएका हुन ।

अधिकांश सरुवा मापदण्ड मिचेर गरेको भेटिएसँगै लेखाका कर्मचारीहरु सचिव सिंहसँग फायर भएका छन् । जस्तो लेखा अधिकृत इन्द्र बहादुर कार्कीलाई (क) वर्गको रेल विभागबाट (क) वर्ग कै सहरी विकास तथा भवन निर्माण आयोजना, धनकुटामा खटाइएको छ । यस्तै, कोष तथा लेखा नियन्त्रण कार्यालय, ललितपुरमा कार्यरत मदन भण्डारीलाई (क) वर्ग कै हुलाकी राजमार्ग, बाँकेमा पठाइएको छ । सरुवाको सूची अनुसार,गोरखबहादुर शाहीलाई कोलनिकाबाट ऊर्जा, जलस्रोत तथा जलस्रोत मन्त्रालयमा पुगेका छन् । यस्तै,लेखा अधिकृत विकी झालाई घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्रबाट डिभिजन सडक, नेपालगञ्जमा सरुवा गरिएको छ । अर्काे अधिकृत अशोककुमार रानालाई डिभिजन सडक, पाटनबाट रेल विभागमा पठाइएको छ । एमाले निकट कर्मचारी संगठनमा रहेका राजीव आचार्य लेखाका कर्मचारीहरुका लागि कमाउ कार्यालय मानिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेका छन् । श्यामराज जोशी महालेखाबाट पर्यटन विभाग र त्रिभुवन खनाल स्वास्थ्य सेवा विभागमा सरुवा भएर गएका छन् । महोत्तरीका लेखा अधिकृत प्रल्हाद भुजेल (क) वर्गको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, काठमाडौंमा आइपुगेका छन् ।

यस्तै रुद्रप्रसाद खनाललाई बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाई, बुटवलबाट पशु क्वारेन्टाइन कार्यालय, रुपन्देहीमा खटाइएको छ भने विकास पौडेल नेपालको लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाई, कास्कीबाट पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कास्कीमा पठाइएको छ । नयाँ सहर आयोजना कार्यालय, बैरेनी गल्छीका लेखापाल नवराज उपाध्याय सरुवा भएर राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला, काठमाडौंमा ल्याइएको छ ।

मतिबहादुर महत पशु क्वारेन्टाइन कार्यालय, रुपन्देहीबाट सडक डिभिजन, पाल्पामा सरूवा भएको छ। लेखापाल मञ्जु कोइरालालाई नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाई, मोरङबाट सडक डिभिजन, विराटनगरमा सरुवा गरिएको छ। लेखापाल विष्णुप्रसाद शर्मा (क) वर्गको कृषि क्षेत्र विकास कार्यक्रमबाट सडक डिभिजन, जुम्ला,चन्द्रप्रकाश घिमिरेलाई मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलबाट रेड प्लस तथा जलवायु परिवर्तन÷समृद्धिका लागि वन कार्यक्रम, काठमाडौंमा सरूवा गरिएको छ। लेखापाल गणेश नेपाली सडक सुधार तथा विकास योजना कार्यालय, दाङबाट परियोजना कार्यान्वयन इकाई, प्युठान सरुवा गरिएको छ ।

यी कार्यालयलाई क बर्गको कार्यालय भनिएको छ र महालेखाले तयार पारेको मापदण्डमा क बर्गमा कार्यरत कर्मचारीलाई क वर्गकै कार्यालयमा सरुवा नगर्ने भनिएको थियो तर मापदण्ड कुल्चदै कर्मचारी सरुवा गरिएको हो । सरुवाको सूची अनुसार,लेखाका कर्मचारीहरु मध्ये सडक विभागका लेखा अधिकृत श्रीधर भट्टराई पनि स्वास्थ्यमा छिरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी लेखा अधिकृत सुस्मिता शर्मा राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुर र वन तथा भू–संरक्षण विभागका शैलेन्द्रकुमार दुलाल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा सरुवा भएर आएका छन । त्यस्तै राष्ट्रिय युवा परिषद्की लेखा अधिकृत सुनिता कार्कीको चिकित्सा शिक्षा आयोगमा सरुवा गरिएको छ । लेखाका कर्मचारीहरुका लागि स्वास्थ्य मन्त्रालय मातहतका निकाय अतिरिक्त कमाइ हुने कार्यालयका रुपमा चिनिन्छ ।

यो सरुवामा महालेखा कर्मचारी प्रशासन शाखा प्रमुख निरज केसी,लेखापाल हेमचन्द्र कार्कीहरु हाबी भएको बताइन्छ । उनीहरुले लेखाका कर्मचारीहरुलाई आकर्षक स्थानमा खटाउँदा अनुचित लाभ लिएको आरोप लगाउन थालेका छन्,कर्मचारीहरुले । लेखापालदेखि उपसचिव तहसम्मका कर्मचारीहरुको सरूवामा सेटिङ मिलाएर निरज अमेरिका,सिंह थाइल्याण्ड पुगेका हुन । लामो समय महालेखामा बसेर अतिरिक्त आर्जन गरेका लेखापाल हेमचन्द्रले राष्ट्रिय खोप उत्पादन प्रयोगशालामा पुगेका छन् । उनी महालेखा नियन्त्रक कार्यालयमा विगत ५ वर्षदेखि स्टोर हेरिरहेका थिए । महालेखा नियन्त्रक कार्यालयभित्र निरज केसी, हेमचन्द्र कार्की र दिपेश चौलागाईंको ‘कोर टिम’ छ। यही टिमले कर्मचारी सरुवाको काम तमाम पारेको लेखाका कर्मचारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *