प्रधानमन्त्री बिगार्ने, महासचिव सपार्ने

राजनीति समाचार

काठमाडौं । आफैं सबै जान्ने भएपछि अरुको सुझाव जरुरी हुँदैन । त्यसैकारण प्रधानमन्त्री केपी ओली जहाँ बोल्छन्, त्यहाा चिप्लने गर्छन । ओलीका कुरा सुधार्ने काम एमालेभित्र भएको छ । अमेरिकी मञ्चमा प्रमले बोल्दा अशुद्ध भएछ । त्यसको प्रतिफलस्वरुप सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । तर प्रधानमन्त्रीको सचिवालयले भने बोलेको छैन ।

यसपटक प्रमको साइबर टिम विगतको जस्तो छैन । देशमा संकट सामना गर्दा सरकार प्रमुखसँग ठूलो टिम हुन्छ । त्यो टिमले राष्ट्रको सर्वाेपरी हित सोच्छनुपर्छ । प्रम ओलीको टिम देश हितमा छैन । अस्गर अली, डा.युवराज खतिवडाहरु आजका बिचौलिया होइनन् । यिनीहरु कोरोना कालमा डाँफे हान्ने बहादुर इश्वरका सहयोगी हुन् । अहिले प्रधानमत्रीले बाढीपीडितका बारेमा गम्भीर भएको अवस्था छैन ।

नेकपा एमाले देश र जनताको पक्षमा छ भनिन्छ । तर त्यो पार्टी नेता केन्द्रीत योजनामा रमाउँदा ठाउँ कुठाउँ बोल्दा बिग्रन्छ । बिगार्ने सपार्ने पार्टी महासचिव प्रमका राजनीतिक सल्लाहकार छन् प्रेस सल्लाहकार होलान । तिनको ठाउँमा महासचिवले किन प्रतिवादन किन गर्नुप¥यो ? गल्ती अमेरिकी मञ्चमा भइसक्यो । जहाँ गल्ती गरिन्छ, प्रतिवाद त्यही किन भएन ? प्रम केपी ओलीको एकल स्वभावले अमेरिकी एमालेलाई समेत चिढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *